arrow

पतिले राखे बच्चाको यस्तो नाम, पत्नीले मागिन् सम्बन्धविच्छेद 

logo
प्रकाशित २०७७ असार ७ आइतबार
baby2.jpg

काठमाडौं । एउटा बच्चा जन्मिने विषयमा आमाबाबु कति धेरै उत्साहित हुने गर्छन् । केहीले जन्मिनुभन्दा पहिला नै आफ्नो आगामी सन्तानको नामाकरण पनि गर्छन् । यद्यपि एक दम्पत्तीलाई भने यस किसिमको उत्साहले सम्बन्धविच्छेद नित्याएको छ । 

केही समयअघि मात्र यस्तो समाचार आएको हो । ७ महिनादेखि गर्भवती २३ वर्षीया महिला र उनका पतिको बीचमा यो समस्या देखिएको  हो । उक्त दम्पत्तीको बीचमा पहिलो बच्चाको नामाकरणको विषयमा विवाद निस्किएको थियो । पतिले बच्चाको नाम आफ्नो मनपर्ने राख्नका लागि ढिपी गरेका थिए । 

धेरै ढिपी गरेपछि अन्त्यमा पत्नीले पतिलाई नाम राख्ने दिने निर्णय गरेकी थिइन्  तर, पतिले आफ्नी पूर्व प्रेमिकासँग मिल्ने नाम राखेका थिए । उनले आफू सबैभन्दा बढी माया आफ्नी पूर्वप्रेमिकालाई गर्ने गरेको बताउँदै आएका छन् । 

यस विषयमा उनीहरुको कुरा नमिलेसँगै उनीहरुको कुरा सम्बन्ध विच्छेदसम्म पुगेको छ । पतिले पूर्वप्रेमिकाको नाममा नै बच्चाको नाम राख्ने अडान कसेका छन् । 

महिलाले आफ्नो सम्पूर्ण कहानी बताउँदै सामाजिक सञ्जालमा सुझाव मागेकी छिन् । धेरै मानिसहरुले उनलाई विभिन्न सुझाव दिएका छन् । धेरैले उनलाई पतिसँग मिल्न पनि सुझाव दिएका छन् भने केही आफ्नो मिल्दो जुल्दो कहानी सुनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ