arrow

रेस्पोन्स सेन्टरद्वारा झापाका क्वारेन्टाइनमा स्यानेटरी बितरण

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ असार ७ आइतबार
senipad.jpg

झापा । झापा जिल्ला गौरादह नगरपालिका भित्रका क्वारेन्टाइनहरुमा शनिबार एमरजेन्सी रेस्पोन्स सेन्टर नामक सस्थाले महिलाहरुलाइ विशेष अवस्थामा सरसफाइका लागि आवस्यक पर्ने स्यानेटरी प्याड बितरण गरेको छ ।

बन्दाबन्दिको समयमा बिभिन्न देशहरुबाट आइ क्वारेन्टाइनमा बसेका महिलाहरुका लागी आवस्यक पर्ने पुन: प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड सस्थाले बितरण गरेको हो । झापा जिल्लाको गौरादह नगरपालिका अन्तरगतका क्वारेन्टाइनमा रहेका जम्मा १४ जना महिलाहरुलाई एमरजेन्सी रेस्पोन्स सेन्टर नामक सस्थाको अगुवाइमा प्याड बितरण गरिएको थियो ।

इमरजेन्सी रेस्पोन्स सेन्टरको अगुवाइ तथा परिवर्तनको शुरुवात, नेपाल परिवार नियोजन संघ (झापा) शाखा, शुरुवाती कोठा नेपाल, एस.एस.जे.डी(SSJD)को सहयोगमा ५ वटा क्वारेन्टाइनमा रहेका महिला हरुलाइ उक्त सामग्री बितरण गरिएको सस्थाका सदस्य सागर सहयात्रीले जानकरी दिएका छ्न ।  

झापाका सबै क्वारेन्टाइनमा रहेका महिला हरुलाइ (ERC) ले पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गर्ने तयारी गरेको जानकारी सस्थाले दिएको छ ।  अभियानमा इमरजेन्सी रेस्पोन्स सेन्टरका अभियन्ता विविषा बुढाथोकी, दिक्षा थपलिया,अर्जुन रिजाल,विज्ञान राज पौडेल,सौरभ न्यौपाने,नारायण दाहाल,सागर सहयात्री लगायतले क्वारेन्टाइनमा रहेका महिला हरुलाइ भौतिक दुरी कायम गरी उक्त सामाग्री बितरण गरिएको ERC प्रदेश न. १ का फोकल पर्सन दिपक दासले जानकारी दिएका छन। क्वारेन्टाइन स्थलमा रहेका महिला हरुलाइ लक्ष्यित गरि बितरण गरिएकी उक्त सामाग्री देसब्यापी रुपमै संचालित हुनुपर्ने जनस्वास्थ्य बिज्ञहरुको ठम्याइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ