arrow

‘फिफाबाट आधिकारिक कागजात आएपछि कारवाही अगाडि बढाउँछु’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
236309739.jpeg
काठमाडौ । यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जस्तो सुकै दवाव आए पनि खेलकुद क्षेत्रमा विकृति र विसंगति भित्राउनेहरुलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ दोषीलाई कारवाही गर्दा मन्त्रीपद धरापमा पर्छ भने पनि मतलब छैन । म महाभारतको एकलब्य हुन तयार छु । तर कसैको दवावमा झुक्दिन । मन्त्री पद त्याग्छु तर दोषीलाई कारवाही नगर्ने कुरा हुँदैन ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री मण्डलले एन्फाका निलम्बित अध्यक्ष गणेश थापाले गरेको भ्रष्टाचारको विषयमा लेखा समिति र अख्तियारले छानविन गरे पनि किन ओझेलमा पर्यो भन्ने विषयमा आफूले अध्ययन गर्ने भन्दै थापाको पछिल्लो केससहित खेलकुद क्षेत्रमा देखिएको विकृतिको स्वतन्त्र छानविनको लागि आफूले मन्त्री परिषदमा प्रस्ताव लैजाने जानकारी दिए । 

उनले भने,‘ अहिले म केसको अध्ययनमा छु । फिफाबाट आधिकारिक कागजात आएपछि विद्यमान ऐन, कानून र नियम संगत रुपमा कारवाही अगाडि बढाउँछु ।’ मन्त्री मण्डलले खेलकुद क्षेत्र सामान्ती राजसस्थाबाट निर्देशित सामन्ती मठाधिसले निजी पेवा जस्तो बनाएको आफूले अनुभव गरेको बताउँदै त्यसैको कारण गणेश थापाको नेपाली खेलकुदमा योगदान हुँदा हुँदै सिंगो मुलुकलाई कलंकित र देशको स्वाभिमानमा ठेस पुर्याएको दावी गरे । 

उनले खेलकुद क्षेत्रको विकासको लागि नयाँ संविधानको भावना अनुसार खेलकुद ऐन संसोधन गर्ने जानकारी दिदै खेलकुदबाट परिवारबाद, ब्यक्तिबादलाई लोकतान्त्रिकरण गर्दै राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न ईमान्दार प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले गणेश थापामाथिको कारवाही अगाडि बढाउन फिफाबाट आधिकारिक दस्तावेज आई नसकेको भन्दै दस्तावेज प्राप्त भएपछि कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए । 

उनले बुधवार थापामाथिको फिफाको कारवाहीको विषयमा अखिल नेपाल फुटवल संघ (एन्फा)सँग जानकारी माग्ने बताउँदै को कुन शक्ति केन्द्रको हो भनेर नहेरी खेलकुद क्षेत्रमा नयाँ आशा जगाउने ढंगले कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । 

विष्टले यस विषयमा खेलकुद परिषदले अनौपचारिक रुपमा छलफल थालिसकेको भन्दै थप विवाद नआउने गरी कानूनसँग नबाझिने गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताए । 
अखिल नेपाल फुटवल संघ (एन्फा)का उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा आफूहरुले दुई वर्षदेखि एन्फामा रहेको विसंगति र विकृतिको विषयमा कुरा उठाउँदै आएकोमा फिफाले त्यस्लाई पुष्टि गरेको दावी गर्दै अहिले पनि गणेश थापाले अबैधानिक रुपमा उपाध्यक्ष नियूक्त गरेर उसैलाई कार्यबाहक दिनलागेकोले त्यसलाई रोक्न खेलकुद परिषदले अग्रसरता लिनु पर्ने बताए । 

उनले खेलकुदलाई धेरै विसंगति, कम लगानी र कमजोर ब्यवस्थापनले अस्तब्यस्त बनाएको भन्दै खेलकुद क्षेत्रको क्यान्सरको रुपमा रहेको म्याच फिक्सिङ्गलाई रोक्न कानून बनाउनु पर्ने आवश्यकता औल्याए । उनले नेपालको घरेलु लिगमा समेत म्याच फिक्सिङ्ग रहेकोले सचेत हुनु पर्ने धारणा राखे ।  साक्षात्कारमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नवनियूक्त खेलकुद मन्त्री मण्डललाई खादा लगाएर बधाई तथा कार्यकालको सफलताको सुभकामना दिदै खेलकुद क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सफलता मिलोस भन्ने कामन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ