arrow

दवावपछि शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दियो चेतावनी

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
Education-ministry.jpg.jpeg

काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । 

यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ र ‘नेसनल प्याब्सन’ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गत आइतबार अभिभावकलाई लकडाउन अवधिको शुल्क तिर्न ताकेता गरेपछि गम्भीर आपत्ति जनाउँदै सरकारमाथि प्रश्नचिन्ह खडा गरेपछि मन्त्रालयले वाध्य भएर विद्यालयहरुलाई शुल्क नलिन निर्देशन दिएको हो । 

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले ‘प्याब्सन र नेशनल प्याब्सनबाट २०७७ असार ७ गते जारी संयुक्त अपिलमा अल्लेखित विषयवस्तुहरुमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । अहिलेको विषय परिस्थितिमा निजी लगानीका विद्यालयहरुले भोग्नु परिरहेका समस्याहरुको विधिसम्मत निरुपणका लागि मन्त्रालयले सबै सरोकारवालाहरुसंग आवश्यक परामर्श तथा छलफल गर्नेछ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसारको सेवा र कार्य बाहेकका विद्यालय सम्बद्ध गतिविधिहरु स्थगित रहेको अवस्थामा नेपाल सरकार मन्त्रिपरिषदबाट उल्लिखित आदेश तथा निर्णय एवम् ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ विपरित हुने क्रियाकलापहरु संचालन नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

गएको चैत महिनाको ५ गतेदेखि विद्यालयहरु ठप्प छन् । विद्यार्थीले आफूले दिएको परीक्षाको लब्धांक पत्रसमेत प्राप्त नगरेको अवस्थामा विद्यालयले भने अभिभावकलाई शुल्क तिर्न आब्हान गरेपछि नेविसंघले घोर विरोध गरेको थियो । 

सोमबार साँझ नेविसंघले विज्ञप्ति निकाली विरोध गर्दै तत्काल निर्णय फिर्ता नगरे आन्दोलनमा उत्रने चेतावनी दिएपछि मन्त्रालयले बेलुकी विज्ञप्ति जारी गर्दै त्यस्ता क्रियाकलाप नगर्नु नगराउनु भनी विद्यालयहरुलाई निर्देशन दिएको हो । 

विसंघका महामन्त्री बलदेव तिमल्सिनाले भने सरकारले यतिमात्र गरेर नपुग्ने भन्दै अनुगमनका लागि समेत खटाउनु पर्ने बताएका छन् । 

उनले भने, ‘लकडाउनका बेलाको पैसा माग्दै विद्यालयले अभिभावकहरुलाई सम्पर्क गरेको गुनासो नेविसंघमा आएको छ । यस्तै हो भने हामी कडा कदम चाल्न वाध्य हुनेछौं ।’

उनले थपे, ‘सरकारले तत्काल अनुगमनमा खटाओस्, यो कोरोना भाइरसको महामारीका बेलामा कुनै गलत नियतले विद्यालयले अभिभावकलाई सम्पर्क गरेर मानसिक दवाव दिएको छ भने तत्काल कार्वाही गरोस् ।’

उनले अगाडि भने, ‘अनलाईनमा अलिअलि पढाएजस्तो गरेको भरमा यसैलाई कक्षा सञ्चालन भइरहेको भनेर कुनै पनि अभिभावकसॅंग शुल्क लिन पाइन्न । बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने बेलामा विद्यालयले झन् तनाव थप्नु मानवीय हिसाबले पनि उपयुक्त छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ