arrow

सेनाको रगतले महिलाको ज्यान बच्यो

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
army.PNG

दार्चुला । रगतको अभावमा जिल्ला अस्पतालमा छटपटाईरहेकी एक महिलाको सेनाका जवानले दिएको रगतले ज्यान जोगिएको छ । जिल्लाको महाकाली नगरपालिका–१ छापरी बस्ने रुकुम सिंह कुवरकी ३० वर्षीय श्रीमति पार्वती कुवंरको दुर्र्गादल गुल्म दार्चुलामा कार्यरत जवान जिवन पाण्डेले दिएको रगतले ज्यान जोगिएको हो ।

अत्याधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी कुँवरलाई ‘ए पोजेटिभ’ रगत नभेटिएपछि सेनालाई गुहार्दा सेनाका जवान जिवन पाण्डेले उनलाई १ पाउण्ड रगत दान गरेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए । 

कुँवरको यसअघि दुई पौण्ड रगत उनका श्रिमानले नै दिएका थिए । फेरी रगतको अभाव भएपछि आइतवार सेनाका जवानले दिएको एक पौण्ड रगतले उनको ज्यान जोगिएको जिल्ला अस्पताल दार्चुलाका ल्याब प्रमुख दिपक विष्टले बताए ।

स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने भावनाको विकास नहुँदा रगत अभावमा सधैँ समस्या पर्ने गरेको प्रमुख विष्टले बताए । जिल्ला अस्पतालमा ब्लड बैक भए पनि रगतको अभाव हुने गरेको छ । रगत अभाव भएका बिरामीलाई नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले रक्तदान गरेर ज्यान जोगाउदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ