arrow

नागरिकता विधेयक : विनोद चौधरीले भने ‘राष्ट्र विभाजन हुनबाट रोक्नुस्’

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार ९ मंगलबार
binod-chaudhary-citizenship-bill._.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नागरिकताको विषयमा राष्ट्र विभाजन हुनबाट रोक्न संसद र सरकारलाई आग्रह गरेका छन्। राज्य व्यवस्था समितिको वैठकमा सांसद चौधरीले नागरिकताका कारण उत्पन्न हुनसक्ने संकटको विषयमा सचेत गराएका थिए। नेपाली कांग्रेस सहित दलका सांसदहरुको विरोधका वावजुद संसदमा मंगलवार विधेयक पेश भएपछि चौधरीले समितिमा राखेको धारणा फेरि पनि सान्दर्भिक लागेर पुनः प्रकाशित गरेका छौ।    

समितिमा चौधरीले राखेको धारणाको सम्पादित अंशः
आज यहाँ कुरा सुनेपछि दुई वर्षसम्मको यो समितिको प्रयास आज दुर्भाग्यवश अनुत्पादक सावित भयो। यहाँ व्यक्त भएका धारणाहरु हामी विभिन्न दलबाट आएर प्रतिनिधित्व गर्ने धारणाहरु मात्रै हैनन्, मुलुककै धारणा हुन्। यि दृटीकोणहरुको अर्थमा मुलुक विभाजनको खतरातर्फ उन्मुख छ। कुनै ऐन नियमका कुराहरु भएको भए त्यसमा मतदान गरौ, पारित गरौं भन्ने हुन्थ्यो। कोही पक्षमा हुन्थ्यौं, कोही विपक्षमा हुन्थ्यौं खासै फरक पर्दैन्थ्यो। यो नागरिकताको विषय हो। यो अत्यन्त संबेदनशिल विषय हो र यो चाँही राष्ट्रियतासँग जोडिएको विषय हो।

एउटा नागरिकताको सर्टिफिकेटले यदि कोही मान्छे विकाउ छ भने त्यसलाई छेक्छ भन्ने मानसिकता नै सबैभन्दा पहिला हटाऔं। कुनै मानसिकतालाई छेक्ने मानसिकताबाट जब हामी ऐन नियम कानुन बनाउने प्रयास गर्छौं,  त्यसले झन बढ्ता बेथिति जन्माउँछ। बेथिति कहि पनि जन्मिन सक्छ। कुनै पनि जाति, धर्म, क्षेत्रको व्यक्तिबाट जन्मिन सक्छ। त्यसलाई तत्काल सम्बोधन गर्ने प्रावधान चाँही यो अहिले बन्न लागेको ऐनको पहिलो प्राथमिकता हुनुपर्ने हो। जसबारेमा यो विधेयक मौन छ। केही बोल्दैन।

अमेरिकाको ९/११ को विध्वंस अमेरिकामै जन्मिएर अमेरिकन नागरिक भएकाले नै गरे। अमेरिकन नागरिकको तहमा बसेर त्यत्रो ठूलो विध्वंस गरे। जन्मेकै दिनमा उनीहरु कोहि अराष्ट्रिय तत्व थिएनन्। भनेपछि मानिसमा परिवर्तन आउन सक्छ भन्ने कुराको त्यो एउटा ज्यूदो उदाहरण हो। मानिसको मानसिकतामा परिवर्तन आउन सक्छ। त्यो खाली विदेशबाट आउने विदेशी बुहारीको रुपमा फर्किंदैमा मात्रै परिवर्तन आउँछ भन्ने पनि होइन। न नेपाली छोरी नेपाल भन्दा बाहिर हुँदा उसमा परिवर्तन आउन सक्छ भन्ने हो। म अझ पनि नेपाली काँग्रेसको तर्फबाट आग्रह गर्न चाहन्छु, जे जति कुरा आएको छ, दलले धारणा बनाएको छ। नेपाली कांग्रेसले बनाएको धारणाको पूर्ण समर्थन गर्दै राष्ट्रको विभाजनलाई रोक्न प्रयास गर्न सरकारलाई आग्रह गर्छु। समितिका सभापतिलाई आग्रह गर्छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ