arrow

विश्वविद्यालयलाई नेकपाको भर्तीकेन्द्र बन्द गरी पदाधिकारी नियुक्त गरियोस् 

logo
प्रकाशित २०७७ असार १० बुधबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयहरुलाई सत्तारुढ दल नेकपाको भर्तीकेन्द्र नबनाउन चेतावनी दिएको छ । 

नेविसंघले लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय लगायत सवै विश्व विद्यालयमा तत्काल भिसी एवं पदाधिकारीहरुको नियुक्ति गर्न पनि माग गरेको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयहरुलाई नेकपा भर्ती केन्द्र बनाउने क्रम तत्काल बन्द गर्दै अबान्छित नियुक्तिहरु बदर गर्न पनि माग गरेका हुन् । 

बिगतका विभिन्न सहमति र सम्झौताहरु पूर्ण रुपमा पालना गर्न माग गर्दै उसले सबै विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेको अवधिको शुल्क नलिने ब्यबस्थाको सुनिश्चितता गरियोस् समेत भनेको छ । नेविसंघले निकालेको वक्तव्य जस्ताको तस्तैः 

कोभिड १९ को महामारीवाट विश्व नै आक्रान्त भएको यस क्षणमा नेपालको शिक्षा क्षेत्र पनि नराम्रोसंग प्रभावित भएको छ। विधार्थीहरुलाई शैक्षिक संस्था पुगी पढ्ने अवस्था छैन, कोरोना संक्रमणको त्रासले मनोवैज्ञानिक रुपमा पनि त्रस्त छन्, दवाव र तनावमा छन्। यस्तो अवस्थामा पनि उच्च शिक्षाको क्षेत्रमा भद्रगोल र वेतिथि वढ्दो छ। अतः सरकारले तथा विश्व विद्यालयहरुले निम्न विषयहरुमा गम्भीरता देखाउन्।

पोखरा विश्व विद्यालय विगत ९महिना देखि भीसी, रजिष्ट्रार लगायतका महत्वपूर्ण पदाधिकारीको विहिन छ। विश्व विद्यालय नेतृत्वविहीन हुँदा त्याहाँको शैक्षिक गतिविधि प्रत्यक्ष प्रभावित भएको र विधार्थीको भविष्यमाथि गम्भीर खेलवाड भएको अवस्थामा त्यहाँका विधार्थीहरुले लामो समयदेखि यस निम्ति दवाबमुलक कार्यक्रम संचालन गर्दा पनि सरकार कानमा तेल हालेर वस्नु गैर जिम्मेवारीपनाको पराकाष्ठा हो। अतः त्यहाँ तुरुन्त उपयुक्त र सक्षम प्राज्ञिक नेतृत्वको चयन गरियोस्।

त्रिभुवन विश्व विद्यालयले यस विचमा पदाधिकारी, डीन तथा क्याम्पस प्रमुखहरू नियुक्त गर्दा प्राज्ञिक क्षेत्रमा वरिष्ठता, जेष्ठमा र क्षमताका आधारमा नियुक्ति दिन पर्नेमा नेकपाको सिफारिसका आधारमा सवै प्राज्ञिक मर्यादालाई कुल्चदै गरिएका नियुक्तिहरुप्रति घोर भत्सर्ना गर्दछौं। विश्वविद्यालयलाई नेकपा भित्रको आन्तरिक गुटगत भागवण्डा गर्ने थलो वनाइ कार्यकर्ता भर्ती केन्द्र वनाउनु विडम्बनापूर्ण र लज्जास्पद छ। यसलाई तुरुन्त सच्याइयोस, प्राज्ञिक मर्यादा कायम राखियोस्। कर्तव्यनिष्ठ प्राध्यापक डा. गोविन्द केसीले वारम्वार आफ्नो ज्यान हत्केलामा राखी चिकित्सा शिक्षाको क्षेत्रमा सुधार ल्याउन गरेको सत्याग्रहवाट प्राप्त उपलब्धि गुम्ने गरी वरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चदै गरिएको आइओएमको डीनको नियुक्ति तुरुन्त खारेज गरियोस, सच्याइयोस।

नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भीसी लगायतका पदाधिकारी नियुक्त गर्न वाँकी रहेको तथा अन्य प्राय सवै विश्व विद्यालयहरूमा कुनै न कुनै पदाधिकारी नियुक्त गर्न वाँकी रहेकोले सवै विश्व विद्यालयहरूमा सम्पूर्ण पदाधिकारी नियुक्त गरी विश्व विद्यालयहरुमा रहेको अन्यौलता र गतिहिनता समाप्त गरियोस्।

पूर्वाञ्चल विश्वविद्यालयहरूमा विधार्थीहरुलाई मौका परीक्षाको व्यवस्था गरियोस्। सवै विश्व विद्यालयहरूले हाल लकडाउन तथा संक्रमण जोखिमका कारणले शैक्षिक संस्थाहरु वन्द रहेको अविधि भरको कुनै पनि प्रकारको शुल्क विधार्थीहरुले वुझाउन नपर्ने कुराको चाँडो भन्दा चाँडो सुनिश्चितता गरून् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ