arrow

क्वारेन्टाइन बनाइएको विद्यालयमा आगलागी

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार १२ शुक्रबार
fire.PNG

डोटी । डोटीको केआइसिंह गाउँपालिकास्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ। वडा नम्वर ६  फलेडिमा रहेको देवस्थल माध्यमिक विद्यालयमा  आगलागी भएको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयमा ५ लाख  बराबरको क्षति भएको जानकारी दिए। आगो नियन्त्रणमा खटिएको असई भास्कर पन्तको टोलीले उक्त रकम बराबरको नोक्सानी भएको जानकारी दिएको बताए  ।

भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइननमा सुरक्षाका लागि खटिएका प्रहरीले आगलागी भएको देखेपछि स्थानीयबासी, क्वारेन्टाइननमा बसेका स्थानीय र प्रहरी सहितको टोलीले एक घण्टा पछी आगो  नियन्त्रणमा लिएको जनाएको छ। 

बिहीबार राती करिब ८:४० बजेको  आगलागीबाट विद्यालयको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २ थान, प्रिन्टर १, ई–हाजिरी मेशिन १ थान लगाएतका मेशिनरी सामानहरु तथा फर्निचरहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताए। त्यसैगरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरका पुस्तकहरु पनि जलेर नष्ट भएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ