arrow

म एउटा यस्तो राष्ट्रको नागरिक हुन चाहन्छु ! 

logo
डा. गुरु प्रसाद मैनाली
प्रकाशित २०७७ असार १३ शनिबार
guru-prasad-mainali.jpg

यो राष्ट्रमा मात्र दुई राजनीतिक पार्टी होस्,
एउटा सत्ता पक्ष अर्को जिम्मेवार प्रतिपक्ष ।
राष्ट्रप्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित होऊन,
सानो तर सक्रिय मन्त्रीमण्डल होस्,
जसमा सम्बन्धित बिषयका बिज्ञ रहून ।

चुस्त दुरुस्त कर्मचारीतन्त्र होस् ,
शक्तिशाली स्थानिय तह भएको,
मात्र दुई तहका सरकार होस् । 
विश्वसनीय, जवाफदेही प्रशासन होस् ।

कोहि भीआइपी नहोऊन यहाँ ,
 मात्र  होऊन जनसेवक ।
निशुल्क होस् शिक्षा र स्वास्थ्य ,
पर्याप्त होस् खानेपानी र बिजुली ,
तर न्युनतम होस् महसुल ।

कृषि आधुनिकीकरणले क्रान्ति ल्याओस,
बिज्ञान अनुसन्धानमा देशले फड्को मारोस,
परनिर्भरता कोहिसंग नरहोस ।

फस्टाओस ब्यापार व्यवसाय, खुलुन कलकारखाना,
बिदेशी भुमिमा कोहि श्रमिक जान नपरोस,
रोजगारीको चिन्तै नरहोस्, कोहि  बेरोजगार नभेटिउन ।

बाल बच्चालाई पोषक खाना होस्, 
बृद्ध बृद्धा, असहायलाई मनग्गे भत्ता होस् ।
पैतृक सम्पति सिधै सरकारीकरण गरियोस,
धन थूपार्ने होड बन्द होस् ।

हरेक नागरिक अनुशासित, कर्मशिल होऊन,
फुर्सदिलो कोहि नहुन यहाँ, सबै श्रमजीवि रहुन ।
जताततै रेल, मेट्रो, केवल कार कुदुन ,
मनग्गे होस् सस्ता सार्बजनिक सवारी ,
अनि नदेखियोस कतै निजि गाडी ।

छिमेकीले सदा सर्बदा साथ देओस,
यो राष्ट्रको उन्नतिमा उनीहरुको पनि हात रहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ