arrow

बुन्डेसलिगामा बायर्नको उपाधिसहित सुखद अन्त्य 

logo
प्रकाशित २०७७ असार १४ आइतबार
bayern-minich.jpg

काठमाडौं । जर्मन बुन्डेसलिगा लिग फुटबल च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै यसपटकको सिजनको अन्त्य गरेको छ ।

अन्तिम खेलमा शनिबार राति बायर्नले वोल्फ्सबर्गलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

लगातार आठौं सिजन उपाधि जितेको बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।

बायर्नले ३४ खेलमा ८२ अंक जोड्दा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको मात्र ६९ अंक रह्यो । 

फोर्टुना डुसलडोर्फ र पार्डाबोन रेलिगेसनमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ