arrow

माझीले ढुङ्गा सम्झेर खाटमुनि राखेको मोती विश्वकै ठूलो ! , तौल ३४ केजी

logo
प्रकाशित २०७७ असार १४ आइतबार
pearl.jpg

एजेन्सी। फिलिपिन्सका एक माझिले ढुङ्गा सम्झेर खाटमुनि राखेको मोती विश्वकै ठूलो रहेको बताइएको छ ।  ३४ केजी तौल रहेको सो मोती, विश्वकै ठूलो मोती रहेको अधिकारीहरूले दाबी गरेका छन्।
 
अचम्मको कुरा त सो मोतीलाई एक माझीले आजभन्दा १२ वर्ष अगाडि नै फेला पारेका हुन्। तर यसको मूल्य थाहाँ नहुँदा ती माझीले मोतीलाई शुभ संकेत प्रदान गर्नेको रूपमा राखेका थिए।

३४ किलोग्राम ढुङ्गाले उनले साधारण भन्ने सोचेर आफ्नो खाटमुनि राखेका थिए तर यो ढुङ्गा पछि अमूल्य मोती भएको खुलेको थियो । यसको लागि १० अर्ब ७२ करोड रुपैयाँको मूल्य लगाइएको थियो ।
 
“हामी सबै चकित पर्यो जब उनले मोती हामीकहाँ ल्याए,” एक अधिकारीले भने। फिलिपिन्सका अधिकारीहरू सो मोतीनै विश्वको सबैभन्दा ठूलो मोति रहेको दाबी गर्छन् ।
 
फिलिपिन्सको पलावन टापुमा बस्ने उक्त माझीले सन् २००६ मा एक समुद्रमा माछा मार्ने क्रममा त्यहाँ आएको समुद्री आँधीमा फसेका थिए । उनको ज्यान उक्त ढुङ्गाको कारण बचेको थियो । त्यो ढुङ्गा सेतो रङ्गको राम्रो थियो । आफ्नो ज्यान बचाउने उक्त ढुङ्गालाई उनले आफ्नो भाग्य मनेर घरमा ल्याएका थिए र १२ वर्षसम्म खाटमुनि राखेका थिए ।
 
सो मोतीको चौडाइ ६१ सेन्टीमिटर र लम्बाईं ३० सेन्टीमिटर छ। अहिलेको सबैभन्दा ठूलो मोती “पर्ल अफ लावो जु” को तौल ६ दशमलव ४ केजी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ