arrow

विमल घर्तीमगर उपचारका लागि बेल्जियम जाँदै

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
bimal-gharti-new.jpg.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपंतिका खेलाडी विमल घर्तीमगर बेल्जियम जाँदैछन् । भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् ।

बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइका क्रममा छलफल गर्ने उनले जानकारी दिए ।

घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै विमलले २० दिनको युरोप बसाइँका क्रममा टेनिङका साथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाका बारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताएका छन् । विमल आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ