arrow

सीमामा सशस्त्रको उपस्थिति बढाइँदै

logo
रासस,
प्रकाशित २०७७ असार १५ सोमबार
apf-korla.jpg

काठमाडौं। सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन्।

गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म मुलुकभर कूल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ। हालै सशस्त्रले चीनतर्फका नाका हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेका छन्।

यस्तै त्रिदेशीय नाकाका रुपमा रहेको दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ । विसं २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो। त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन्। सरकारले गत वर्षको मङ्सिर २३ गते थप ११४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा चार गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म दक्षिणतर्फ १२८ र उत्तरतर्फ चार बिओपी स्थापना भएका छन्।

सरकारले पहिलो चरणमा २२१ चौकी स्थापना गर्ने योजनाका साथ काम तीव्र पारिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार सीमा क्षेत्रमा ५०० बिओपी बनाउने योजना अघि बढाइएको छ। त्यसअनुसार पहिलो चरणमा २२१ स्थानमा चौकी स्थापना गर्नेक्रमअन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता छ। चौकी स्थापनाका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयमा कार्ययोजनासमेत पेश गरिसकेको छ। उक्त कार्य योजनाअनुसार चौकी स्थापना गर्न नौ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ