arrow

'भ्वाइस अफ नेपाल' का प्रथम विजेता तीन बर्षपछि पनि तनावमा, आयोजकलाई दिए चेतावनी

logo
हरि पन्त,
प्रकाशित २०७७ असार १५ सोमबार
VON.jpg

पोखरा । चर्चित गायक सीडी विजय अधिकारी सिंगिङ रियालिटि शो दि भ्वाइस अफ नेपाल’ प्रथम सिजनका विजेता हुन् । यो शोको दोस्रो संस्करण पनि सकिएर तेस्रो संस्करणको तयारी भइरहेको छ । तर पहिलो संस्करणको तनाव अझै सकिएको छैन । ३ वर्ष पूरा हुँदा समेत आर्थिक तनाव अझै छ । यसले प्रथम संस्कारणका विजेता अधिकारीलाई निकै पिरोलेको छ । उनी तनावमा छन् । 

यही तनाव सहन नसकेर अधिकारीले आयोजकलाई तीन दिनको अल्टिमेटम दिएर फेसबुक स्टाटस लेखेका छन् । आइतबार लेखेको स्टाटसमा उनले सम्बन्धित व्यक्तिको नाम तीन दिनसम्म गोप्य राख्ने र तीन दिन भित्र आफ्नो माग संवोधन नभए नाम नै खुलाशा गरेर सबै टिमलाई कानुनको जिम्मा लगाउने चेतावनी दिएका छन् ।

भ्वाइस अफ नेपालको टिम आफ्नै सोचेर तीन वर्षसम्म चुप लागेको बसेको भन्दै अधिकारीले यस विषयमा पटक–पटक म्याद थप गर्दै गएको स्टाटसमा लेखेका छन् । ‘यो तीन दिन (फूल एण्ड फाइनल) अन्तिम म्याद दिएको जानकारी गराउँदछु’, गायक अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन्, ‘दोस्रो सिजन सकिएर तेस्रो सिजनको तयारीमा उहाँहरू हुँदै गर्दा मेरो हक, अधिकार र पीडा उहाँहरूको नजर र जिम्मेवारीमा नदेखिनुले वास्तवमै म अतिनै डिप्रेशनको अवस्थामा र अपहेलित महसूस गरेको थिएँ ।’

यो भन्दा अघि अन्तिम पटकलाई भनेर सम्झौता नै गरेर दिएको अल्टिमेटमको म्याद सकिएको पनि तीन महिना भैसकेको उल्लेख गर्दै अधिकारीले तीन महिनासम्म पनि कुनै चासो नदिएपछि बाध्य भएर आफूले फेसबुकमार्फत यस्तो कदम अघि बढाएको लेखेका छन् । यस्तो अवस्थामा सबैको माया, साथ र दवावमूलक आवाजहरूको मिल्ने विश्वास उनले लिएका छन् । 

यस विषयमा अधिकारीसंग पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ