arrow

सिमा सिल तस्करी चालु, जालिम मियाँको प्रयास बिफल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १५ सोमबार
jalim-miya-birgunj.gif

वीरगंज। वैश्वीक कोरोना महामारीको कारणले गर्दा नेपाल भारतको सिमा सिल भएपनि भारतबाट तस्करी गरी ल्याइएको सामान पर्सा प्रहरीले बरामद गरि कारवाही अगाडी बढाएपछि तस्करी भइरहेको तथ्य उजागर भएको छ।

पर्साको जानकी टोला भन्सार एरिया क्षेत्रबाट प्रहरीले लगभग ५ लाख ३५ हजारको शौचालय सिट, पाइपसेट लगायत सेनेटरीका सामानहरु प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि शिल्ड अवस्थामा रहेको सिमानाकाबाट भइरहेको तस्करीको घटना प्रकाशमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको तस्करीको उक्त सामान वीरगंज भन्सार कार्यालय पर्सामा पठाएपछि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीले वीरगंज भन्सारमै पुगेर दबाब दिएका थिए। जालिमले दवाव दिन थालेपछि वीरगंज भन्सार कार्यालयले पर्सा प्रहरीद्वारा पठाएको सामान बुझ्न मानेको थिएन् ।

जालिम मियाँले आफ्नो सम्पर्कमा भएका वीरगंजका एक व्यापारीसँग नक्कली बिल बनाई वीरगंज भन्सार कार्यालयमा पुगेर बुझाएको नक्कली बिलको बारेमा पर्सा प्रहरीले छानविन शुरु गरेको थियो। प्रहरीले ति व्यापारीको कारोबारबारे खोजबिन शुरु गरेपछि भन्सारमा बुझाइएको नक्कली बिल जालिम मियाँले लिएर गएको बताइएको छ। 

पर्सा प्रहरीले आफुले मुचुल्का उठाएर तस्करीको सामान पठाउँदा पनि किन नबुझेको भनेर भन्सारलाई कडाई गरेपछि आइतबार राती ८ बजे वीरगंज भन्सारले सो माल बुझेको हो। 

वीरगंज भन्सारका उपसचिव गोपाल खत्री शंकास्पद व्यापारिहरुको सहयोगी बनेर लुट मच्चाइरहेका कारण भन्सारको लक्ष्य पुरा नभएको बुझिएको छ। 

जालिम मियाँ मंसुरीमाथि वर्तमान नेकपा सरकारको आडमा पर्सा जिल्लाको पश्चिमी भेगमा अवैध कारोवार गर्नेहरुलाई संरक्षण दिदै आएको आरोप छ। ओली सरकारद्वारा आर्शिवाद प्राप्त जालिम सत्ताको उन्मादमा राष्ट्रसेवकहरुलाई धम्काएर आफ्नो दुनो सोझ्याउने काम गरिरहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ