arrow

किसानको सम्मान र प्राेत्साहनमा हात्तीडाँडा समाजले मनायो धान दिवस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १६ मंगलबार
dahi-chiura.jpg

काठमाडौं। हात्तीडाँडा समाज गाेठाटारले असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा सामाजिक दुरी कायम गरी दही चिउरा खाने कार्यक्रम गरेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतको विशेष उपस्थिति तथा कागेश्वरी मनाेहरा नपा वडा नं. ९ का वडाध्यक्ष कुन्दन खड्का, नेपाल ल क्यापसका प्रमुख तथा समाजका सल्लाहकार डाक्टर डिएन पराजुली, सल्लाहकार  आननन्दराज आचार्य, अलकापुरी नगरका पुर्व अध्यक्ष विष्णु कार्की, समाजका उपाध्यक्ष कुमार कार्की, टाेल संयाेजकहरू क्रमशः बाबुराम ढकाल, कुमार गाैतम, विश्वरूप शर्मा र हिराकाजी बस्नेत लगाएतकाे उपस्थितिमा समाजका सम्पुर्ण सदस्यहरू विच सामुहिक रूपमा दही चिउरा खाने कार्यक्रम गरिएकाे हाे।

कार्यक्रममा राज्यमन्त्री राउतले काेभिड-१९ ले विश्व अर्थतन्त्र, स्वास्थ्य र अन्यक्षेत्रमा गम्भीर असर गरे पनि नेपालकाे कृषि उत्पादनमा भने केही वृद्धि हुने प्रक्षेपणले देखाएकाे बताए। उत्पादनका प्रमुख कारण लकडाउन, राेजगारकाे सिलसिलामा भारत गएका नागरिक आउनु र शुरूवाती माैसम राम्रो हुनु रहेकाे उनले बताए।

कार्यक्रममा हात्तीडाँडा क्षेत्रकाे आर्थिक सामाजिक विकासका लागि  याेगदान गर्नुहुने समाजसेवीहरू राममाया थापा, देवेन्द्र भट्टराई, अर्जुन न्याैपाने, शान्त्वना रेग्मी, पार्वती विष्ट, विना दाहाल, राजन दाहाल, गिता बस्नेत, लगाएतका व्यक्तिलाई सम्मान गरिएकाे थियो।

कार्यक्रममा वाेल्दै अर्का अथिती वडाध्यक्ष कुन्दन खड्काले हात्तीडाँडा क्षेत्रकाे समग्र विकासमा स्थानिय सरकार लागेको र यहाँकाे आवश्यकता र माग बमोजिम खानेपानी, ढल र बाटाेकाे समस्या समाधानका लागि नगरपालिकाले २ कराेड २० लाखकाे डेण्डर गरिसकेको जानकारी गराए।

समाजका अध्यक्ष गणेश थापाकाे अध्यक्षता, महासचिव राजु कटुवालकाे संचालन तथा हिराकाजी बस्नेतकाे संयाेजनमा भएकाे कार्यक्रममा ईजरायलकाे उदारण दिँदै अध्यक्ष थापाले ५ प्रतिशत आधुनिक कृषकले ईजायलका ९५ प्रतिशत जनतासँगै देशलाई नै आत्मनिर्भर बनाएकाे तर ६२ प्रतिशत नेपालीहरू संम्लग्न कृषी प्रधान देश नेपाललाई अहिलेसम्म आत्मनिर्भर वनाउन नसकेकाे दृष्टान्त पेश गरे। अव नेपालले असार १५ लाई नेपालका किसानकाे पिरमर्का बुझ्ने, सम्बाेधन गर्ने र उनिहरूलाईनै समर्पण गर्ने दिनका रूपमा विकास गर्दै किसानकाे हकहित र सम्मानका लागि सार्वजनिक विदा दिएर उत्सवका रूपमा मनाउन सरकारसँग माग गर।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ