arrow

शिखरमा २५ बेडको आइसोलेशन स्थापना

logo
प्रकाश बम, 
प्रकाशित २०७७ असार १६ मंगलबार
shikhar-nagarpalika-isolati.jpg

डोटी । शिखर नगरपालिकाले २५ वेडको आइसोलेशन कक्ष स्थापना गरेको छ । नगरपालिकाको वडा ३ आलीमा यसअघि स्थापना गरिएको अस्थायी क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको हो ।

नगरले स्थापना गरेको आइसोलेशनका लागि मानवीय सेवामा अनेकौं प्रयास (साइन) नेपाल संस्थाले आवस्यक सामग्री सहयोग गरेको छ । 

संस्थाले आइसोलेशन सञ्चालनका लागि साइन नेपालले १० वडा जिल्लामा सञ्चालन गरिरहेको केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तरगत आइसोलेशनका लागि नगरपालिकालाई सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले शिखर समाचारलाई जानकारी दिए । 

२५ बेडको आइसोलेशन स्थापनाका लागि संस्थाको तर्फबाट बेडीङ म्याट्रेस २५ थान, तन्ना २५ थान, तकीया २५ थान र सुपानेट झुल २५ थान उपलब्ध गराएको छ । 

सो संस्थाले यस अघि पनि राहत तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ भने सीमाबाट प्रवासीको उद्धार कार्यमा समेत सहयोग गरेको थियो ।

साइन नेपालले संकटको समयमा नगरपालिकालाई बेला–बेला सहयोग गर्दै आएको बताउँदै नगर प्रमुख सिताराम जोशीले धन्यबाद ज्ञापन गरे । 

उनले हाल स्थापना भएको अस्थायी आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनिहरुको स्वास्थ्य उपचार, चेकजाँच, खान बस्नको व्यवस्था मिलाईने बताए । सो ठाउँमा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइने जोशीले बताए । 

नगरपालिकाले अस्थायी रुपमा सो आइसोलेशन सञ्चालनमा ल्याउने बताउँदै आवस्यकता अनुसार नगरपालिकाले अन्यत्र पनि आईसोलेसन स्थापना गर्ने तयारी थालेको नगर प्रमुख जोशीले बताए । 

नगरपालिकाले कोभिड १९ नियन्त्रण, स्वास्थ्य सरसफाइ र प्रवासबाट आएका व्यक्तिको श्रम नगरको विकासमा प्रयोग गर्ने गरी नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको नगर उप प्रमुख धौली देवि रावलले बताइन् । 

नगरबासीको स्वास्थ्य प्रति नगर गम्भिर रहेको बताउँदै उनले कोरोना संक्रमण भयो भन्दैमा नडाउन आग्रह गरिन् ।

‘स्वास्थ्यमा जटिल समस्या देखिए अन्यत्र लगेर भएपनि उपचार गराउने बन्दोबस्ति मिलाएका छौं उनले भनिन्, ‘संक्रमितले आफ्नो परिवार तथा समुदायमा संक्रमण फैलिन नदिन अरुको सम्पर्कमा नआउनु होला । स्वास्थ्यमा केही समस्या देखिए नगरपालिकालाई खबर गर्नु होला हामी सधै सेवामा तल्लिन छौं ।’

होम आइसोलेशनमा नियमपूर्वक बसेका संक्रमित संग निरन्तर सम्पर्कमा रहेको र परामर्श दिदै आएको स्वास्थ्य ईकाइ प्रमुख हरिष शाहले बताए । 

अहिलेसम्म कसैमा त्यस्तो लक्षण र स्वास्थ्य समस्या नदेखिएको बताउँदै उनले स्वास्थ्य समस्या देखियो, लक्षण देखियो भने तुरुन्त उपचार हुने गरी तयारी थालिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ