arrow

भ्रष्टाचारः बिजुली नै नगएको स्थानमा बिद्युत मर्मतका लागि बजेट निकाशा

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ असार १६ मंगलबार
cm-letter.jpg

हुम्ला । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट बिजुली नै नभएको स्थानमा विद्युतमर्मतका लागि बजेटको निकासा पठाएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ राया गाउँको राया खोला लघु जलविद्युत आयोजनाका लागि असार ११ गते बिद्युत मर्मत शीर्षकमा ३५ लाख बजेट पठाएको हो ।

साबिकको राया गाबिस, स्नोल्याण्ड एकिकृत बिकास केन्द्र (एस आई डि सि) र वैकल्पिक उर्जाको आर्थिक सहयोगमा निर्माणाधिन राया खोला जल बिद्युत आयोजनाका लागि तार पेनेस्टिक पाईप बिद्युत उत्पादन गर्ने जेनेरेटर र पोल खरिद गरी आयोजना स्थलमा पुर्याई सकेपनि पावर हाउस र नहर निर्माण गर्ने काम नभएकाले यस आर्थिक वर्षभित्र बिद्युत उत्पादन गर्ने गरी प्रदेश पूर्वाधार विशेष कार्यक्रमको रु ५० लाखबाट अहिले काम भई रहेकाले उक्त बिद्युत उत्पादन नभएको स्थानमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट बिद्युत नै नभएको स्थानमा बिद्युत मर्मतका लागि बजेटको निकासा दिनु बिकासका लागि नभएर आफ्ना कार्यकर्ता रिजाउन बजेट निकासा दिएका एकैकामका लागि दोहोरो बजेट आएकाले बजेट फिर्ता पठाउने खार्पुनाथ गाउँपालिका ३ रायाका वडा अध्यक्ष गुलाम रावलले बताए ।

राया खोला मात्र होईन मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट खार्पुनाथका अन्य २ वटा लघुजलबिद्युत आयोजनाका लागि मर्मत गर्न अख्तियारी आएको छ । 

यो बिद्युत बाल्नका लागि नभएर खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले यो कायकर्ता पोस्ने बाहेक अन्य प्रयोजन नभएकाले  बताए । 

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट राया खोला लघु जलविद्युत आयोजना हाल पनि निर्माण कार्य भई रहेकोले कसरी मर्मतमा खर्च गर्न सकिएला कि त सरकारले काम नभए पनि बजेट खर्च गर्नका लागि सबै बाँडी दिने कार्यबिधि बनाएर पठाए सबैलाई दामासाहि रुपमा बाँडौंला होईन भने असारको ११ गते पठाएको निकासको कुनै काम गर्न नसकिने भएकाले सरकारले साचै कामका लागि पठाएको हो भने आउँदो आर्थिक बर्ष ०७७–०७८ को पहिलो चौमा सिकमा खर्चगर्ने गरी निकासा दिने ब्यबस्था गरि दिन भनेर फिर्ता पठाएको अध्यक्ष रावलले बताए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष सकिन ८ दिन मात्र बाँकी रहेको समयमा  रोजगार, आयआर्जन र  कर्नाली उज्यालो कार्यक्रमका नाममा करोडौं रुपैयाँ पालिकाहरुमा पठाएका छन् ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमतर्फ २९ करोड ९९ लाख ५९ हजार, मुख्यमन्त्री दलित महिला आयआर्जन कार्यक्रमतर्फ पाँच करोड २५ लाख ४३ हजार ७२८ र कर्णाली उज्यालो कार्यक्रमतर्फ ९५ लाख रुपैयाँ गरेर ३६ करोड २१ लाख दुई हजार ७२० रुपैयाँ स्थानीय तहमा पठाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असार नौ गते स्थानीय तहलाई ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ शिर्षकमा पठाएको परिपत्रमा खानेपानी, सिंचाई, तटबन्ध, सडक, जलासय, सार्वजनिक, सामुदायिक भवनजस्ता पूर्वाधार विकासमा आयोजनामध्ये कुनै रोजगारी सृजना हुने गरी कार्यपालिकाको निणर्यबाट कार्यान्वयन गर्न भनिएको छ । 

यसरी आर्थिक बर्षको अन्त्यमा पठाइएको बजेटले स्थानीय स्तरमा बिकास निर्माण गरी बास्तबीक रोजगारी सृजना गर्ने भन्दा पनि आफ्ना कार्यकर्ताहलाई बाँड्न पठाइएको जस्तो देखिएको अध्यक्ष रावलको आरोप छ । 

एक सातामा ३० करोड बजेट कसरी खर्च गर्न सकिने अबस्था छैन । असार ११ गते मुख्यमन्त्री शाहीले हुम्लाको खार्पुनाथ गाउँपालिकालाई कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत मात्र ९५ लाख रुपैयाँ अख्तियारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ