arrow

किम अब अमेरिकी प्रथम महिला, ट्रम्पसँग वेस्टको प्रतिस्पर्धा !

logo
प्रकाशित २०७७ असार २१ आइतबार
kim9.jpg

काठमाडौं । यस वर्ष नोभेम्बरमा हुन गइरहेकी अमेरिकी राष्ट्रपति चुनाव रोचक बन्दै गएको छ । विश्वभर फैलिएको कोभिड १९ को असर सबैभन्दा धेरै अमेरिकामा परेको छ । अमेरिकामा उत्पन्न स्वास्थ्य संकटका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्ण रूपमा जनताको निशानामा परेका छन्। अर्कोतर्फ, किम कार्दशियनका पति तथा र्‍यापर कान्ये वेस्टले पनि यसपटक चुनाव लड्ने घोषणा गरेका छन्।

किमका पति कान्ये वेस्टले ट्वीट गरे,  ‘भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको त्यो विश्वासलाई बुझ्नुपर्छ, एक भिजनसहित देशको भविष्यबारे सोच्नुपर्छ  ।' उनले लेखे, "म अमेरिकाको राष्ट्रपति पदमा चुनाव लड्दै छु। '

कान्ये वेस्टको यो ट्वीट किम कार्दशियनले अमेरिकी झण्डाको साथ समर्थन गरेकी छन् । किम यस ट्वीट पछि चर्चामा आएकी छन्। केहि व्यक्तिले उनी अमेरिकाको प्रथम महिला मानेका छन् भने केहिले उनलाई ट्रोल गरेका छन्। किमको अतिरिक्त एलन मस्कले पनि कान्येलाई समर्थन गरेका छन्। कान्येले २०१५ मा नै अमेरिकाको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए। उनले भने- एक यस्तो समय आउनेछ जब म अमेरिकाको राष्ट्रपति बन्छु।

किमले २०१४ मा र्‍यापर तथा फेशन डिजाइनर कान्ये वेस्टसँग विवाह गरेकी हुन्। किम कान्येसँग विवाह गर्नु पुर्व दुई पटक विवाह गरिसकेकी छन। उनले पहिलो दमन थोमससँग २००० मा  विवाह गरेकी थिइन्। दुबै वर्ष २००४ मा अलग भए। त्यसपछि उनले २०११ मा क्रिस हम्परिससँग विवाह गरिन्। २०१३ मा दुबैबीच सम्बन्धविच्छेद भएको थियो।

पछिल्लो समय अमेरिकामा दुई अश्वेत नागरिकको हत्या भएसँगै प्रदर्शन भएका थिए ।  मिनियापोलिस प्रहरी हिरासतमा काला जातिका जर्ज फ्लोडको हत्या भएदेखि संयुक्त राज्य अमेरिकाभर प्रदर्शन भयो। जसपछि जताततै ट्रम्पको विरुद्ध प्रदर्शन भएको छ  । धेरै हलिउड स्टारहरूले ट्वीट मार्फत ट्रम्प प्रशासनको निन्दा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ