arrow

गँगबुको ग्यारेजमा आठ माइक्रो जले, आगलागी शङ्कास्पद

logo
प्रकाशित २०७७ असार २१ आइतबार
fire-final.jpeg

काठमाडौँ । काठमाडौँको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् ।  आइतबार बिहान ३ बजे काठमाडौँ महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा– ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो । 

आगलागीबाट झण्डै रु पाँच करोड क्षति भएको छ । आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

  शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ । गँगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ