arrow

कौडीको भाउमा राष्ट्रियता

logo
श्रीजु साङ्ख्य, 
प्रकाशित २०७७ असार २२ सोमबार
sriju-shankhya.jpg

कौडीको भाउमा राष्ट्रियता 
पूर्व मेचीदेखि पश्चिम चाँदनी दोधारासम्म 
उत्तरको हुम्लादेखि दक्षिणको झापासम्म
तिम्रा शिलालेख ताम्रपत्र र 
फगत कागजी राजपत्रमा बाहेक 
मैले कतै भेटिन मान्छे तिम्रो राष्ट्रियता। 

चाहे त्यो मेरो बिद्यालयमा रुम टू रीडले 
पुस्तकालयको इसु प्रेमी कथाहरुमा होस 
चाहे त्यो ओपीएसले दिएको 
सेनिटरि प्याडमा होस 
तिम्रो राष्ट्रियता कतै भेटिन 

आत्मनिर्भरको पाठ सिक्दै आफ्ना पुस्तक 
युनिसेफको झोलाभित्र राखेको 
मेरो दाइको छोरोमा  स्वाभिमान भेट्न सकिन मान्छे । 

म देख्दैछु मान्छे
टोल टोलमा ठडिएका 
चर्चहरुले राष्ट्रियता गिज्याइरहेको।

म देख्दैछु मान्छे
भगवान बुद्धका त्रिपिटक 
माथी धावा बोल्दै धार्मिक उग्रवादीहरुले
डलरमा धर्म बेचिरहेको, किनिरहेको । 

म देख्दैछु मान्छे 
सडकमा, सदनमा, पशुपतिमा राष्ट्रियता बेचिएको
तराईको राष्ट्रियता बाढीले बगाइरहदा 
उत्तरमा हिमाल नाम सारी भएको।।

म देख्दैछु मान्छे 
१० ओटा सार्वजनिक 
शौचालय बनाउन राष्ट्रियता बेचिएको 
अनि त्यही राष्ट्रियता जोगाउन 
काँडेतार लाउछु भनेर छिमेकीसँग  हात पसारी रहेको । 

म देख्दैछु मान्छे 
कौडिको भाउमा तिम्रो राष्ट्रियता बिकिरहेको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ