arrow

जमिनमुनि सुनियो अजीवको ध्वनी, खोज्दा भेटियो शासकको स्मारक

logo
प्रकाशित २०७७ असार २४ बुधबार
smark.jpg

काठमाडौं । ग्रिसको काहिरामा इतिहासविद्हरुले ४४ सय वर्ष पुरानो स्मारक भेटाए । सो स्मारक पाँचौं फराओज साम्राज्यका कुनै ठुला शासकको हुनसक्ने बताइएको छ ।

सो स्‍मारक शासकलाई जमिनमा गाडेपछि त्यसमाथि बनाइएको थियो । यस्तो प्रथा मुस्लिम र इसाई धर्ममा हुन्छ । जहाँ प्राय मुस्लिम राजाहरुको ठुलो स्मारक (मकबरा) बनाइन्थ‍्यो।

काहिरामा रहेको एक पिरामिड नजिकै इतिहासविद्को एक टोली काम गरिरहेका थिए, जतिबेला उनीहहरुले जमिनमा हिँड्दा अचम्मलाग्ने आवाज आएको अनुभूति गरेका थिए । यससँगै उनीहरुले खोजीकार्य सुरु गरेका थिए ।

ग्रिसको संस्कृति मन्त्रालयका अनुसार यो पछिल्लो केही दशकमा गरिएको सबैभन्दा अनौठो खोजी थियो । खोजी गर्दा रंगीबिरंगी विशाल मूर्ति भेटिएको थियो ।
 
यो मकबराबाट चार सुरङ्ग भएको बाटो पनि फेला परेको थियो । अनुसन्धानकर्ताहरुले यसको माध्यमबाट अरु धेरै कुराहरु पनि बाहिर आउनसक्ने बताएका छन् ।
 
विशेषज्ञकाअनुसार सो ठाउँमा त्यसबेलाको पुजारी वा कुनै धर्मगुरु बस्ने गर्थे । सो स्मारक स्थल २५०० ईशापूर्वदेखि २३०० ईशापूर्वको बीचमा बनेको हुनसक्ने अनुमान गरिएको छ । यसबाट त्यसबेलाको थप केही रहस्य खुल्नसक्ने र नयाँ कुरा पनि पाइनसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ