arrow

मैत्रीपूर्ण खेलमा फ्रान्सको हार, इङ्गल्याण्ड २–० ले विजयी, जर्मनी र नेदरल्याण्डसबीचको खेल असुरक्षाले रद्द

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1001295646.jpeg
एजेन्सी । पेरिस आक्रमणपछि स्तब्ध बनेको फ्रेन्च फुटबल टोलीले इङ्गल्यान्डसंग मैत्रीपूर्ण फुटबल खेलेको छ । इङ्गल्याण्डको वेम्बले रंगशालामा वुधबार विहान सकिएको खेल इङ्गल्याण्डले जिते पनि मैत्रीपूर्ण खेलले पेरिस घटनाको निन्दा र मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।  वेम्बलेमा खेल हुनुपूर्व पेरिस आक्रमणमा मृत्यु भएका आफन्तजनमा समवेदना दिइएको थियो । मैदान फ्रान्सको झण्डाको तीन रंगले रंगिएको थियो ।
 
खेल हेर्न आएका करिब ७० हजार दर्शकले पेरिस आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरे । वेम्बलेमा खेल हेर्न पुगेको बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसं दर्शकले फ्रान्सको राष्ट्रिय गान समेत गाए । वेम्बलेको भिडले मृतकको सम्मानमा दिन एक मिनेट मौनधारण गरेको थियो । खेल इङ्गल्याण्डले २–० ले जित्यो ।
 
इङ्गल्याण्लाई विजयी गराउन डेल अली र वायन रुनीले एक–एक गोल गरे । अलीले ३९औं मिनेटमा र रुनीले ४८औं मिनेटमा गोल गरेका हुन् । फ्रेन्च फुटबल फेडरेशनले शुक्रबार भएको पेरिस आक्रमणपछि केही समय फुटबल गतिविधि नगर्ने जनाएको थियो । यद्यपि, फ्रेन्च फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न तयार भएको थियो । स्टेड डे फ्रान्स रंगशालालगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक सय २९ जनाको मृत्यु भयो । 
 
जर्मनी र नेदरल्याण्डसबीचको खेल असुरक्षाले रद्द
जर्मनी र नेदरल्याण्डसबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल असुरक्षाकै कारण रद्द भएको छ । जर्मनीको ह्यानोभरमा हुने भनिएको खेल सुरक्षा खतरा बढेपछि रद्द गरिएको जर्मन फुटबल महासंघले जनाएको छ । खेलका लागि दर्शकहरु रंगशाला प्रवेश गर्न थालिसकेको अवस्थामा प्रहरीले रंगशाला खाली गराएको गियो  । 
 
त्यहाँका प्रहरी प्रमुखले रंगशालामा बम विष्फोट गराउने योजनाबारे बलियो र विश्वासिलो सूचना पाएपछि खेल रद्द गर्नुपरेको बताए । बम विष्फोटको खतराले रंगशालमा खोज अभियान चलाइए उनले जानकारी दिए । यस्तै, जर्मन खेलाडी प्रहरीको उच्च सुरक्षा घेरामा थिए । 
 
कम्तिमा पनि ५० हजार दर्शक क्षमताको रंगशालामा हुने खेल हेर्न जर्मन चान्सलर एन्जेला मर्केल समेत सहभागि हुने कार्यक्रम थियो । यस्तै बेल्जियम र स्पेनबीचको मैत्रीपूर्ण खेल समेत सुरक्षा खतराका कारण रद्द भएको छ । अन्य मैत्रीपूर्ण खेलमा पोल्याण्डले चेक गणतन्त्रलाई ३–१ले हराएको छ । यस्तै स्लोभाकियाले आयरल्याण्डलाई ३–१ ले नै पराजित गर्दा ईटली र रोमाननियाले २–२ को बराबरी खेलेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ