arrow

सुतेपछि एक महिनासम्म उठ्दैनन् यहाँका मानिस, कारण यस्तो

logo
प्रकाशित २०७७ असार २८ आइतबार
sleeping1.jpg

काठमाडौं । निद्रा धेरै हदसम्म मानिसहरुको नियन्त्रणमा हुन्छ । सबै मानिसहरु आफ्नो अनुकूल अवस्था हेरेर मात्र सुत्ने वा निदाउने गर्छन् । यस्तोमा केही मानिसहरु धेरै सुत्छन् त केही कमनिसहरु कम मात्र सुत्छन् । यो समान्य प्रक्रिया हो ।

यद्यपि विश्वमा यस्तो पनि ठाउँ छ, जहाँका मानिसहरुको अवस्था कल्पना गरिएभन्दा परको छ । काजगिस्तानको एक गाउँ कलाचीका मानिसमा यो समस्या देखिन्छ । काजकिस्तानको उत्तरी क्षेत्रमा रहेको यो गाउँका मानिसहरु रहस्यमय तरिकाले सुत्ने रोगको कारण पीडित छन् ।

यहाँका मानिसहरु जब एकपटक सुत्छन्, तब उनीहरु महिना दिनसम्म पनि नउठ्न सक्छन् । कलाचीमा सन् २०१० मा पहिलोपटक यो मामिला आएको थियो । जतिबेला बच्चाहरु अचानक स्कुलमा ढलेका थिए र निदाएका थिए । यसपछि यो बिरामीको संख्या दिनानुदिन बढ्दै गयो । त्यसयता वैज्ञानिकहरुले यो गाउँमा अनुसन्धान गरिरहेका छन् ।  

धेरै वैज्ञानिक तथा डक्टरहरु यो बिरामीको बारेमा अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म कारण भने पत्ता लगाउन सकेका छैनन् । केही वैज्ञानिकले भने यसको कारण प्रदूषित पानी रहेको हुनसक्ने बताएका छन् । रहस्यमय तरिकाले मानिसहरु सुत्ने भएकोले यसलाई ‘स्लिप होलो’ को नामले पनि चिनिन्छ ।

यो गाउँको जनसंख्या करिब ६ सय रहेको छ । गाउँका करिब १४ प्रतिशत मानिसहरु यो रोगबाट पीडित छन् । अचम्मको कुरा जो मानिसलाई यो रोग लागेको हुन्छ, त्यसलाई आफू निदाउने अवस्थामा छु भन्ने थाहा हुँदैन । त्यसैले उनीहरु जुनसुकै स्थानमा धेरै दिनका लागि निदाउन सक्छन् ।

यो गाउँ युरेनियमको बन्द गरिएको खानी नजिकै रहेको छ । जहाँ निकै विषालु विकीरणहरु हुने गरेको छ । प्रतिवेदनका अनुसार भने मानिसहरुमा यो रोग लाग्नुको कारण त्यही खानी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ