arrow

नेपाल पुबुदुको प्रशिक्षणको अन्तिम खेल जित्ला ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
498704835.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अवुधाबीमा आज दोस्रो खेल खेल्दै छ । प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको नेपालले ‘होम एन्ड अवे’को दोस्रो खेल खेल्न लागेको हो । पपुवा न्यूगिनीसंगको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । 
 
पहिलो जितको खोजीमा रहेका नेपालका लागि यो खेल अवसर र प्रतिष्ठा दुवै हुनेछ । यसै खेलबाट नेपालको युएई बसाईको मुल्याङ्कन हुनेछ । विभिन्न ८ राष्ट्र सहभागी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अंकविहीन छ । यसअघि, स्कटल्यान्डसँग दुबै खेल हारेको नेपालले सोमबार पपुवा न्यूगिनीविरुद्वको पहिलो खेल २ विकेटले हारेको थियो । 
 
नेपाललाई छोटो समयमै उचाइमा लैजान महत्वपूर्ण हात रहेका सफल प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा नेपालका लागि यो अन्तिम खेल हुनेछ । दासानायकेले आफ्नै प्रशिक्षणमा विश्वकप ट्वेन्टी–ट्वेन्टी खेलेको नेपाललाई अन्तिम खेलमा जिताएरै छाड्ने प्रतिवद्धता गरेका छन् । ८ टोली मध्ये शीर्ष ६ भित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसीसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ