arrow

बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन तरुण दलको परिपत्र

logo
प्रकाशित २०७७ असार २९ सोमबार
jitjung-basnet-tarun.jpg

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने निर्णय गर्दै परिपत्र गरेको छ। तरुण दलले कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने निर्णय गरेको अध्यक्ष जीतजंग बस्नेतले जारी परिपत्रमा उल्लेख छ।

केन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउन परिपत्र गरेको बस्नेतले बताए ।

तरुण दलले जारी गरेको यस्तो छ परिपत्र
प्रस्तुत विषयमा महामानव बीपी कोइरालाको ३८औं स्मृति दिवस यही मिति २०७७ साउन ६ गते साप्ताहिक रूपमा विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपसिलका कार्यक्रमहरू गरी/गराई मनाउन यो परिपत्र गरिएको छ । 

तपसिल :
१. नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने।
२. बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने । 
३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।
४. स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने ।
५. कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने ।
६. बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।
७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला । 

नोट : अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरी कोभिड–१९ बाट आफू पनि बचौं र अरूलाई पनि बचाऔँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ