arrow

खुलेर हाँस्नुका ७ फाइदा

logo
प्रकाशित २०७७ असार २९ सोमबार
laughing.jpg

काठमाडौं । खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले बताएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने गर्छ । त्यसैले हाँस्नु स्वास्थ्यको लागि राम्रो हुनसक्ने बताइएको हो । यहाँ हाँस्नुका केही फाइदा उल्लेख गरिएको छ –

१. हृदयाघात हुने सम्भावना कम
हाँस्नुले मुटुको पनि अभ्यास हुन्छ । रक्त सञ्चार पनि राम्रो हुनेछ । हाँस्दा शरीरमा एन्डोर्फिन नामको रसायन निस्किन्छ । यसले मानिसको मुटुलाई बलियो बनाउन सहयोग गर्छ । केही अनुसन्धानले हाँस्दा मानिसमा हृदयाघातको सम्भावना पनि कम हुने देखाएका छन् ।

२. डिप्रेसन कम गर्ने
तनाव र डिप्रेशन जस्ता मानसिक विकार मस्तिष्कमा हुने रसायनिक उतारचढावको कारण हुने गर्छ । यसकारण मानिस धेरै उदास तथा दिमागीरुपमा थाकेको महसुस गर्न थाल्छ । त्यसका लागि हाँस्नु सबैभन्दा राम्रो उपाय हो ।

३. सामाजिक बनाउन सहयोगी
मानिसमा हुने एक किसिमको मानसिक विकारको कारण मानिस घरबाहिर जाने, कसैसँग कुरा गर्ने वा घरभन्दा बाहिरको इलाकामा जान डराउँछ । यस किसिमका मानिसका लागि हाँस्नु सबैभन्दा राम्रो औषधि हो ।

४. शान्ति
हाँस्दा हाम्रो शरीरले एन्ड्राफिन नामको रसायन निकाल्छ । यो मानिसको राम्रो फाइदाजनक हुन्छ । यसको प्रभावले हाम्रो शरीरले शान्त महसुस गर्छ ।
 
५. राम्रो निद्रा
तपाइँलाई राम्रो निद्रा पर्दैन भने पनि हाँस्नु लाभदायक हुनसक्छ । हाँस्दा धेरै मात्रामा मेलाटोनिन नामक रसायन मस्तिष्कमा हुन्छ, जुन राम्रो निद्राको लागि महत्वपूर्ण हुन्छ ।

६. सधैं युवा देखिनु
सधैं हँसिलो देखिनु हाम्रो स्वास्थ्यको हिसाबमा निकै राम्रो मानिन्छ । हाँस्दा मानिसको अनुहारको १५ किसिमको मांशपेशीले एक साथ काम गर्छन् र राम्रोसँग रक्तसञ्चार पनि हुन्छ । यसकारण अनुहारमा सधैं चम्किलोपना र निखार आउँछ ।

७. प्रतिरक्षा प्रणाली बलियो बन्नु
एक अध्ययनको अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सर हुनसक्ने केही कोशिका र अन्य प्रकारका हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट हुन्छन् । साथै मानिस हाँस्दा अक्सिजन अत्यधिक मात्रामा निस्किन्छ र यसले शरीरको प्रतिरक्षा क्षमता बढाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ