arrow

१२ बर्षे मेला लाग्ने गोदावरी कुण्डका धारा सुके

logo
राजु प्रकृति ,
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
13177352_1691426147775795_2183253390602007177_n.jpg.jpeg
काठमाडौँ । उपत्यकाको प्रमुख एतिहासिक , धार्मिक , पर्यटकिय स्थल ललितपूर जिल्लाको रमणिय स्थलको रुपमा रहेको  १२ बर्षे मेला लाग्ने गोदावरी कुण्डको  ५ वटै धारामा पानी आउन  छाडेको छ | गोदावरी कुण्ड ब्यवस्थापन समितिको कमि-कमजोरीको कारणले गर्दा  झन्डै दैनिक रुपमा २५ वटा ट्यांकरले २०० टिप् पानी ओसर्ने गर्दै आएको छ |
 
बिहिबार बेलुका ८ बजेपछि कुण्डको पानी खोल्ने गर्नाले कुण्डमा पानीको कमि हुन गइ धारामा पानी आउन छाडी धारा पूर्ण रुपमा सुकेको छ | गोदावरी कुण्डमा  धारामा पानी आउन छाडेपछि पुजारी लगाएतका ब्यक्तिहरु बीच स्थानिय बिकास अधिकारि हरि प्रसाद दाहाल , महानगरीय प्रहरी प्रभागका प्रमुख र  युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा अष्टमान किसि महर्जन बिच गोदावरी कुण्डमा व्यापक छलफल भएको हो । 
 
छलफलमा तत्काल पानी खोल्ने कार्य  बन्द गरी  कुण्डको संरछेन कार्यमा जोड दिई तत्काल  धारामा पानी आउने बाताबरण मिलाउने निस्कर्षमा पुगेको छ । यति गर्दा पनि धारामा पानी नआएमा पूर्ण रुपमा पर्यावरण चक्र रेडियो , स्थानिय बासिन्दाको पहलमा गोदावरी क्षेत्रमा  ट्यांकर पूर्ण रुपमा बन्द गर्ने टुङ्गॊमा पुगेका छन् |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ