arrow

उपराष्ट्रपति पुन र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
vice-president-nanda-bahadur-pun.jpg.jpeg

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्त जनकङ्ग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरुले आज शिष्टाचार भेटवार्ता गरेको छ । उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटवार्तामा चिनियाँ पक्षले आगामी जुन १२ देखि १७ सम्म युनान प्रान्तको कुन्मिङ सहरमा हुने ‘चौथो चीन–दक्षिण एसिया व्यापार मेला तथा २४औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेला’को उद्घाटन समारोहमा विशिष्ठ अतिथिका रुपमा सहभागी भइदिनुहुन आग्रह गरेको थियो ।

युनान जनकङ्ग्रेस स्थायी समिति उपप्रमुख पायरु नेतृत्वको प्रतिनिधि मण्डल उक्त मेलामा विशिष्ट अतिथ्यता ग्रहण गरिदिन लागि उपराष्ट्रपतिलाई आमन्त्रण गर्न नेपाल भ्रमणमा आएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपति पुनले चौथो चीन–दक्षिण एसिया व्यापार मेलामा आमन्त्रण गरेकामा उपप्रमुख पायरु नेतृत्वको टोली र आयोजकलाई धन्यवाद दिँदै उक्त कार्यक्रममा सहभागी हुन आफू सकारात्मक रहेको जवाफ दिनु भएको थियो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति पूर्णरुपमा दृढ रहेको बताउँदै नेपाली जनता छिट्टै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने अपेक्षामा रहेको बताउनुभयो । उहाँले नेपाल–चीन सम्बन्ध प्रगाढ बन्दै गएको बताउनुहुँदै दुई पक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्ध झनै सुध्रिने अपेक्षा गर्नुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ