arrow

इलाममा एकैदिन छ जनामा कोरोना संक्रमण पुष्टि

logo
गणेश घिमिरे,
प्रकाशित २०७७ साउन १ बिहिबार
covid-test-positive-corona.jpg

इलाम । क्वारेन्टाइनको सुरक्षार्थ खटीएका नेपाली सेनाका जवानसहित इलाममा बिहीबार एकैदिन ६ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पाँचजना इलामनगरपालिका स्थित जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेकाहरु हुन् भने नेपाली सेनाका जवान सोही क्वारेन्टाइनको सुरक्षामा खटीएका थिए । 

सेनाका जवान बाहेक बाँकी पाँचजना संक्रमित इलाम नगरपालिकाका छन् । स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार इलाम नगरपालिका वडा नम्बर ८ का १ जना, वडा नम्बर १० का तीन जना र वडा नम्बर ७ का २ जनामा कोरोनाको पुष्टि भएको हो । 

कोरोना पुष्टि भएकाहरुमध्ये २ जना २२ बर्षका छन् । ४० बर्ष, २९ बर्ष, ३२ बर्ष र १९ बर्षका १÷१ जना रहेका छन् । सेनाका जवान बाहेक संक्रमित पाँचजनामध्ये कुवेत, कतार र ग्रीसबाट आएका १-१ जना तथा भारतबाट आएका २ जना रहेका छन् । उनीहरु गत १७ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको असार २८ गते स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि कोशि अञ्चल अस्पताल बिराटनगर पठाइएको थियो । क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन शिल गरीसकेको बताइएको छ ।

संक्रमण पुष्टि भएका सबैलाई उपचारका लागि मोरङ्गको गोठगाउँ स्थित कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसअघि १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यो संगै इलाममा संक्रमितको सङख्या २२ पुगेको छ ।

 यता संक्रमित मध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् । इलाम नगरपालिकामा एकैदिन ६ जना संक्रमित थपिएसंगै यस नगरपालिकामा मात्रै ७ जना संक्रमित पुगेको छ । यस्तै सूर्योदय नगरपालिकामा ११ जना, दउमाई र माईनगरपालिका तथा रोङ र सन्दकपुर गाउँपालिकामा एक÷एकजना संक्रमित पुष्टि भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ