arrow

स्वीडेन र युक्रेन युरोकपमा छनोट, सबै २४ टोलीको टुंगो

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
844731533.jpeg
एजेन्सी । स्वीडेन र युक्रेन आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपमा छनोट भएका छन् । मंगलबार राति भएका प्ले अफ् खेलका दोस्रो लेगमा प्रतिस्प्रर्धीसंग बराबरी खेलेका दुबै टोली छनोट भए । यी दुई राष्ट्र पहिलो लेगमा हासिल गरेको जितको आधारमा युरोकपमा यात्रा तय गर्न सफल भए । 
 
डेनमार्कमा भएको खेलमा स्वीडेनले घरेलु टोलीसंग २–२ को बराबरी खेल्यो । पहिलो लेगमा २–१ ले विजयी भएको स्वीडेन समग्रमा ४–३ ले विजयी भएको हो । प्ले अफ्को दोस्रो लेगमा युक्रेनले स्लोभेनियालाई १–१ को बराबरीमा रोक्दै युरोकप यात्रा तय गरेको छ । पहिलो लेगमा २–० ले विजयी भएको युक्रेन दोस्रो लेगको बराबरीपछि समग्रमा ३–१ को सफलता हासिल गर्दै युरोकपमा छानियो ।
 
यी खेलसंगै यरोकप खेल्ने सबै २४ टोलीको टुंगो लागेको छ । युरोकप फुटबल च्याम्पियनसिपमा सहभागि हुने २४ टोली मध्ये २२ टोलीको टुंगो यसअघि नै लागेको थियो । युरोकपमा २४ टोली सहभागी हुन लागेको यो पहिलो पटक हो । यस पटकदेखि २४ टोली सहभागि हुनेछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ