arrow

अब के गर्छन् सलमानले ?

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
salman-khan-.jpg.jpeg

काठमाडौं ।  बलिउड अभिनेत्री कट्रिना कैफको बिहिबार जन्मदिन हो। कट्रिना आज उनको ३७ औं जन्मदिन मनाउँदैछिन्। २००३ मा फिल्म 'बूम' बाट बलिउडमा डेब्यू गर्ने कट्रिना आज बलिउडको शीर्ष अभिनेत्रीहरु मध्ये एक हुन्। कट्रिनाको नाम बलिउड अभिनेता  सलमान खानसँग जोडिने गर्छ । आज पनि ती दुई बीचको भुमिका निकै रुचाइने गर्छ ।  तर पछिल्लो समय अभिनेता विक्की कौशल र कट्रिनाको सम्बन्धलाई लिएर सलमान खासै खुशी छैनन् ।

सलमान खान मित्रतासँगै जस्तोसुकै दुश्मनी मोल्न पनि तयार हुन्छन् । बलिउडमा दादागिरि गर्ने बानी सलमानको पुरानै हो ।  एश्वर्या रायको बिषयलाई लिएर शाहरुख खानको कठालो समात्ने होस वा विवेक ओबरोयलाई थर्काउनु त्यो उनको स्वभाव बनिसकेको छ ।  

बलिउड उद्योगमा धेरै व्यक्तिहरुलाई सलमानले राम्रो मान्दैनन् र दुश्मनी मोल्ने गरेका छन् । यी व्यक्तिहरु सलमानको धेरै नजिक भए, र पछि सलमानसँग कुनै कारण खटपट परेर दुश्मन बने । स्रोतका अनुसार पछिल्लो समय सलमान खान विक्की कौशललाई लिएर रिसाएका छन् । यसको कारण विक्की र कट्रिनाको सम्बन्ध मानिएको छ ।

सलमान आफै पनि नजानिदो तरिकाले कट्रिनासँग सम्बन्धमा छन् सलमान आफै कट्रिनाका सबै तस्बिरहरू जुम गरेर हेर्ने गरेको सार्वजनीक कार्यक्रमै बताउदै आएका छन् । त्यसलाई  कट्रिना कैफले पनि मुस्कानसहित स्विकार गरेकी छन्  ।

सन् २००८ जुलाई १६ मा कट्ररिना कैफको जन्मदिनमा पुगेर सलमानले शाहरखसँगको दुश्मनीमाथि अझ तीर चलाएका थिए  । सो समय पार्टीमा पनि दुईजनाको बीचमा तनावको अवस्था सिर्जना भएको थियो । अनुमान विपरीत पार्टीमा यी दुईको बीचमा तनाव सिर्जना भएसँगै त्यहाँ उपस्थित अन्यले उनीहरुलाई सम्झाएका थिए ।

केही वर्षसम्म उनीहरु एकअर्काका कट्टर दुश्मन बनेर देखिए । यस्तैमा शाहरुखले मित्रताको हात अघि बढाए र सलमानले पनि त्यसलाई स्वीकार गरे । यस्तैमा एक पार्टीमा उनीहरुको पुनः भेट भएको थियो । यो पार्टीमा सलमानले पहल गर्दै शाहरुखसँग अंकमाल गरेका थिए ।    

पछिल्लो समय सलमान खानकी नायिका कट्रिनाको नाम विक्की कौशलसँग केही दिनदेखि जोडिएपछि सलमान आक्रोशित बनेका हुन् । कट्रिना कैफ र विक्की कौशल केही समयदेखि नजीक बढेको देखिएको छ । दुई प्रायः धेरै स्थानहरूमासँगै देखा पर्दछन्, हालै कट्रिना र विक्की लंच डेटमा पनि गएका थिए ।

 बलिउडमा विक्की र कट्रिनाको अफेयरलाई सलमान खानले सहज रुपमा लिन सकेका छैनन् ।  रणबीर कपूरको ब्रेकअपपछि कट्रिनालाई फेरि सलमान खानले हात थामेका थिए । यो एक मित्रता हुनसक्छ तर सलमान खान र कट्रिनाको सम्बन्ध फेरि राम्रो अवस्थामा पुगेको थियो, तर अब विक्कीसँगको नजिकपनले सलमानलाई चोट पुर्याइरहेका देखिन्छ ।

कट्रिना कैफ लामो समययसम्म रणबीर कपूरसँग सम्बन्धमा रहिन् । दुवैको सम्बन्ध विवाहमा परिणत हुने विश्वास गरिए पनि ६ बर्ष एक अर्कासँग डेट गरेपछि दुवै आ-आफ्नो बाटो लागे । अहिले रणबीर कपूर, आलिया भट्टसँग डेट गरिरहेका छन् । यसैबिच कट्रिना रिलेशनशिपमा रहेको बुझ्न सकिन्छ ।

बिक्कि कौशलो कट्रिनाभन्दा अघि हर्लेन सेठीसँग अफेयर थियो। हार्लिनसँग विक्कीको ब्रेकअपको खबर अप्रिल २०१९ मा आएको थियो । जसपछि कट्रिना नाममा जोडिन थालेको छ ।  हर्लिन र विक्कीको ब्रेकअपको कारण पनि कट्रिनालाई बताइएको थियो।

समाचारका अनुसार सलमान खान विक्की कौशलसँग यति रिसाएका छन् कि यसको असर करण जोहरको फिल्म तख्तमा पर्न सक्छ। जसमा विक्की कौशल एक महत्त्वपूर्ण भूमिकामा देखिदैछन्।

फिल्म तख्त र सलमान खानको 'किक २'  डिसेम्बर २४ मा भिड्ने सम्भावना पनि छ । सलमान खानको अगाडि विक्कीले पनि कट्रिना कैफप्रतिको आफ्नो भावनाहरुलाई स्वीकार गरिसकेका छन।

सलमान बलिउड अभिनेताहरूप्रति आक्रमक देखिएको यो पहिलो घटना होइन ।  उनले रणबीर कपूरसँग पनि यस्तै रिस देखाएका थिए । भाइ अरबाजकी पूर्व श्रीमति मलाइका अरोड़ा र अर्जुन कपूरसँगै भएपछि  सलमानले धेरै चोटि अर्जुनप्रति आफ्नो क्रोध प्रदर्शन गरिसकेका छन्।  विवेक ओवरायप्रति सलमानको उदासीनता कसैबाट पनि लुकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ