arrow

चार दिनमा पैँतालिस आरोही सगरमाथाको चुचुरामा

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
mount-everest-home.jpg.jpeg
काठमाडौँ। सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन् । 
 
यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले सगरमाथा आरोहण गरेका थिए । बुधबारदेखि सगरमाथा आरोहण सुरु भएको थियो । पहिलो दिन नौ नेपाली आरोही सगरमाथाको चुचुरामा पुगेका थिए । 
 
चार दिनका अवधिमा हालसम्म ४५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा चढेका छन् । पर्वतारोहण शाखाका प्रमुख श्रेष्ठका अनुसार आज धेरै आरोही क्याम्प ४ नजिक पुगे पनि हावा चलेका कारण उनीहरु तलतिर फर्केका छन् । उनीहरु रातिदेखि पुनः सगरमाथाको चुचुरातर्फ लाग्नेछन् । 
 
पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ