arrow

यशोदादेवी भगवान् सिंह केसी मेमोरियल ट्रस्टद्वारा विद्यार्थी र शिक्षक सम्मानित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३ शनिबार
kc-trust-Samman.jpg

नुवाकोट। नुवाकोट र रसुवाका विद्यार्थी, शिक्षक र विद्यालयलाई यशोदादेवी भगवान् सिंह केसी मेमोरियल ट्रस्टले सम्मान गरेको छ।

शनिबार विदुरमा आयोजित कार्यक्रममा गत वर्षको २०७४ र २०७५ को एसइई परीक्षामा उत्कृष्ट हुने छात्रछात्रा, विद्यालय र प्रधानाध्यापकलाई ट्रष्टले सम्मान गरेको हो । सम्मानित हुनेमा नुवाकोटका ५ र रसुवाका २ विद्यार्थी छन् ।

ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले उनीहरुलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् । कार्यक्रममा उत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

ट्रष्टका संरक्षक डा.नारायणनरसिंह खत्री, अध्यक्ष केदार नरसिंह के सी, महासचिब जगदिश्वरनरसिंह के सी, नेका नुवाकोटका प्रबक्ता राजु थापा, उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर बहादुर कार्की, शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, प्रधानअध्यापक बाबुराम लामिछाने र नारायण देबकोटा तथा छात्रा रश्मी पनेरुले शिक्षा क्षेत्रको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याई सम्मानित हुनेमा रश्मी पनेरु, कृष्ण ओझा, सैलजा गजुरेल, बिक्रमराना तामाङ, निशा गजुरेल, अनुप कोइराला छन् ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका भित्रपर्ने स्वास्थ्यसंस्थालाई स्वास्थ्यकर्मी जनार्दन सिलवालमार्फत साबुन र मास्क प्रमुख संरक्षक केसीले हस्तान्तरण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ