arrow

राजदूत उपाध्याय आइतबार फिर्ता आउने

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
dipak-updhaya.jpg.jpeg
काठमाडौँ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार स्वदेश फिर्ता आउने भएका छन् । त्यहाँ रहँदा राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टी जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएकाले उपाध्याय भोलि स्वदेश फर्किन लागेका हुन् । 
 
आइतबार मध्यान्ह १२:०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । 
 
काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीसमेत रहेका  उपाध्यायलाई पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो । 
 
पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता  नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ