arrow

मिस टिनले देखाए आफ्नो प्रतिभा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1609400823.jpeg
काठमाडौं। काठमाडौं जेसिजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिस टिन नेपाल’ को २०१५ को संस्करणमा पहिलो चरणबाट कल्चरल ट्यालेन्ट शोमा २७ प्रतियोगी छनौट भएका छन्।
 
प्रतिष्पर्धीहरु ट्यालेन्ट सोमा नृत्य, अभिनय, गायन, बत्तृत्वकलालागतयका प्रस्तुति दिएका थिए । ट्यालेन्ट सोमा सहभागी प्रतियोगीको मूल्यांकन पत्रकार लीलानाथ घिमिरे, काठमाडौँ जेसिजका पूर्वअध्यक्ष रत्नकाजी श्रेष्ठ, कोरियोग्राफर रेनिशा राई, गायीका प्राश्ना शाक्य र मिस टीन नेपाल  (२०१४) बिजेता रितीका खरेलले गरेका थिए । 
 
यसअघि छानिएका सबै प्रतिस्पर्धि विभिन्न प्रकारका तालिममा सहभागी भएको काठमाडौं जेसिजका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार सम्बन्धि विभिन्न शिषर्कमा पूर्व मिस नेपाललगायतक विज्ञहरुले प्रशिक्षण दिएका थिए । 
 
प्रतियोगिताको कोरियोग्राफी २००७ का मिस टुरिज्म नेपाल तथा मिस नेपाल २००९ की सेकेन्ड रनर अप कुन्चाग मोक्तान तामाङ (श्रेष्ठ) ले गरेकी छन् ।  प्रतियोगितामा असोज २३ गते प्रिजजिङ र असोज २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक निश्चल श्रेष्ठले बताए।
 
काठमाडौं जेसिजले १८ देखि ४० वर्षसम्मका युवाहरुमा सकारात्मक परिवर्तनका लागि मैत्री भाव, सामाजिक दायित्व र नेतृत्व क्षमताको विकासको अवसर प्रदान गर्दै आएको जेसिजका मेघा इभेन्ट संयोजक सुरेन्द्र शाही ठकुरीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ