arrow

अरब देशबाट पहिलो पटक मंगल ग्रह यानको सफल प्रक्षेपण

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ५ सोमबार
uae-mars-missiion.jpg

दुवई। युनाइटेड अरब इमेरिट्सले पहिलो पटक अर्को ग्रहका लागि बनाएको यानको सफल प्रक्षेपण गरेको छ। दक्षिण जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट युएईको यान प्रक्षेपण गरिएको हो।

होप नाम दिइएको यान आउँदो सन् २०२१ को फेब्रररीमा मंगल ग्रहमा पुग्ने छ। यो यानले २२ हजार किलोमिटर वरबाट मंगल ग्रहको परिक्रमा गर्ने छ। मंगल ग्रहमा युगौं पहिला अस्तित्वमा रहेको खोला, नाला एवं समुन्द्रहरु कसरी नष्ट भए भन्ने कुराको अध्ययन गर्ने होप मिशनको लक्ष्य रहेको छ। यसबाहेक मंगल ग्रहको वायुमण्डिलिय एवं मौसमी अवस्था र त्यहाँ उडिरहने धुलोको अध्ययन समेत यो यानमा रहेका उपकरणहरुले गर्ने छन्। यो मिशन सफल भयो भने अरब देशकै पहिलो नयाँ इतिहास रचिनेछ।

सन् २०१४ देखि ८ वर्षको कठिन मेहनतपछि युएईले यान प्रक्षेपण गरेको हो। मंगल ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको निकै नजिक आउने गर्छ। त्यसै मौकालाई हेरेर युएईले अहिले यान प्रक्षेपण गरेको हो। यसै महिना अमेरिका र चीनले पनि मंगल ग्रहमा आफ्नो यान पठाउने भएका छन्। पहिलो पटक तीन देशहरुले सँगै मंगल ग्रहमा लागि यान प्रक्षेपण गर्न लागेका हुन्।

यद्यपि प्रक्षेपण सफल हुनु भनेको मिशन नै सफल हुने भने हैन। युएईको मिसनले आउँदो फेब्रररीसम्म आकासको कराडौं किलोमिटर दुरी पार गर्नु पर्ने छ र त्यसपछि पनि त्यहाँ पुगेर सहि किसिमले काम गर्नसक्नु पर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ