arrow

नेपालमा कोरोना भाइरसबाट ४१ जनाको मृत्यु, यी हुन् ४१ औं 

logo
प्रकाशित २०७७ साउन ७ बुधबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ४१ पुगेको छ । ४१ औं मृतक महोत्तरीका ६० वर्षे पुरुष हुन् । 

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार राति ज्यान गएको हो । 

महोत्तरीको महोत्तरी गाउँपालिका–३ का उनको शव हाल प्रतिष्ठानमै राखिएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्राडा संजिवकुमार शर्माले बताए । 

मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानले बताएको छ । 

प्रतिष्ठानमा भयो दोस्रो मृत्यु
बीपी प्रतिष्ठानमा भएको यो दोस्रो मृत्यु हो । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २६७ जना भने कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । 

नेपालमा कुल संक्रमित
नेपालमा हाल कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको छ । यो तथ्यांक मंगलबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । 

मन्त्रालयले १२ हजार ४७७ जनालाई निको भएको बताएको छ । ५ हजार ४७७ जना आइसोलेसनमा छन् । २१ हजार ७०४ जना क्वारेन्टिनमा छन् । 

हालसम्म ३ लाख २३ हजार ८३५ जनाको पीसीआर परीक्षण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ