arrow

सडक माथिबाट खसेको पहिरोमा पुरिएर ६ वर्षीय जेनिस बेपत्ता

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
child.JPG

दार्चुला । दार्चुलामा पहिरोमा पुरिएर ६ वर्षीय बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–३ बडालीगाउँ स्थित हुनखोला नजिकै सडक माथिबाट खसेको पहिरोमा परेर नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका धन बहादुर ठगुन्नाका ६ वर्षीय छोरा जेनिस ठगुन्ना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

जेनिस संगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको उनले बताए । वेपत्ता जेनिसको खोजी भइरहेको छ । 

घट्नाबारे थप बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट नेतृत्वको टोली घटनास्थल तर्फ गएको उहाले बताए । बेपत्ता बालक सदरमुकाम स्थित बोर्डिङ्ग अध्ययन गर्दै आइरहेको खुल्न आएको उहाको भनाई छ । 

लकडाउन पछि घर गएका उनीहरु विद्यालय संचालनमा आउने भएपछि सदरमुकाम खलंगा आइरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ