arrow

सनराइजले ल्यायो सरल र सहज कर्जा योजना, ८ दशमलव ९५ प्रतिशतमै घर कर्जा

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
sunrise_logo.jpg

काठमाडौं। सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा विभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ । बैंकले घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित ८ दशमलव ९५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो । घर कर्जाको अवधि ४० वर्षसम्म हुने बैंकले जनाएको छ ।

बैंकले सेयर धितो राखेर ९ दशमलव ९५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो र छरितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले देशका १ सय ३४ शाखाहरुबाट उक्त सुविधा लिन सक्नेछन् ।

सिमित अवधिको लागि ल्याइएको उक्त योजनाबाट बढी भन्दा बढी ग्राहकले लाभ लिने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले भविष्यमा समेत यस किसिमका सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ