arrow

लकडाउनपछि अटो बजार : दुई पाङ्ग्रेमा अफरको होडबाजी, १ रुपैयाँदेखि ग्राहकको रोजाई अनुसारका अफर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ११ आइतबार
two-wheelear-bike.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन खुलेपछि दुई पाङ्ग्रे सवारी साधनको विक्रीमा अफरै अफरको होडबाजी चलेको छ। गत वर्षदेखि नै नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा गरेको कडाईका कारण खस्किएको अटो बजार कोरोना नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले झन खस्किएको थियो।

तर, कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने र सार्वजनिक यातायातको अवस्था अस्तव्यस्त हुँदा निजी सवारी खरिदतर्फ ग्राहकको आकर्षण देखिएको अटो व्यवसायीहरु बताउँछन्। अहिले देखिएको आकर्षणले खस्किएको अटो बजार माथि उकास्नेमा आफुहरु आशावादी रहेको समेत अटो व्यवसायी बताउँछन्। खस्केको अटो बजार उकास्न तथा कोरोनाबाट बाँच्न समेत निजी सवारी साधन अपरिहार्य भएको भन्दै पछिल्लो समय विक्रेताहरुबीच अफरै अफरको होडबाजी  चलेको छ।

होण्डाको १ रुपैयाँ अफर
दुई पाङ्ग्रे सवारी साधनको विक्रीमा प्रख्यात होण्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रालीले होण्डाको विक्रीमा १ रुपैयाँ अफर सार्वजनिक गरेको छ । स्याकारका विजनेश डेभ्लपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठले कम्पनीले १ रुपैयाँ अफर ल्याएको बताए। उनका अनुसार कम्पनीले १ रुपैयाँ डाउनपेमेन्टमै होण्डाको मोटरसाइकल खरिद गर्ने अफर ल्याएको हो।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले मानिसहरु दुई पाङ्ग्रे सवारी साधनतर्फ आकर्षित देखिएका भन्दै ग्राहकको सहजताका लागि होण्डाले १ रुपैयाँ डाउनपेमेन्टमै विक्री अफर ल्याएको श्रेष्ठले बताए। ‘हामीले सबै भन्दा अगाडी यस्तो अफर ल्याएका हौं’ उनले भने, ‘पछिल्लो समय विक्री पनि राम्रै बढेको छ। लकडाउन केही खुकुलो भएपछि केही समय विक्री ह्वात्तै बढेको थियो।’ होण्डाले ‘जस्तै परिस्थितिमा पनि होन्डा छ, सधैं तपाईसँगै’ अफर अन्तरगत १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा होण्डा विक्री गर्न लागेको हो।

लकडाउनका कारण खस्केको दुई पाङ्ग्रे अटो बजारलाई माथि उकास्नका लागि पछिल्लो समय देखिएको ग्राहकको आकर्षणले धेरै मद्धत पुग्ने श्रेष्ठ बताउँछन्। दुई पाङ्ग्रे सवारी साधन खरिद गर्न चाहनेहरु धेरैको रोजगारी लकडाउनका कारण गुमेको भन्दै त्यस्तालाई सहयोग पुग्नेगरी विक्रेताहरुले विभिन्न अफरहरु सार्वजनिक गरिरहेका हुन्। सो अन्तरगत होण्डाको आकर्षक अफर १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँ इएमआई र १ प्रतिशत ब्याजदरमै विक्री रहेको कम्पनीले जनाएको हो। होण्डाले अहिले १ लाख ५४ हजार माथिका विभिन्न मोडेलका स्कुटर र १ लाख ८४ हजार रुपैयाँ माथिका विभिन्न मोडेलका मोटरसाइकल विक्री गरिरहेको छ ।

यामाहाको ‘सहज समाधान अफर’
त्यस्तै अर्को दुई पाङ्ग्रे सवारी साधनका विभिन्न मोडेलका लागि नेपालमा यामाहा कम्पनी प्रख्यात छ । उसले लकडाउका कारण ग्राहकमा उत्पन्न भएको असहज परिस्थितिलाई मध्येनजर गर्दै ‘असहज परिस्थिति, सहज सामाधान’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यामाहाले शुन्य प्रतिशत ब्याजदर र डाउनपेमेन्ट विना नै विक्री  गर्ने भएको हो । यामाहाको दुई पाङ्ग्रे सवारी साधनहरु स्कुटर र मोटरसाइकल खरिदमा १० हजार रुपैयाँ डिस्काउन्ट समेत दिइने जनाइएको छ । ग्राहकको सुरक्षा नै यामाहाको अवसर भन्दै ग्राहकलाई आकर्षित गर्न यी अफर सार्वजनिक गरेको यामाहाले जनाएको छ।

ग्राहकको रोजाई अनुसार टिभीएसका स्किम
त्यस्तै टिभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभीएसमा ग्राहकको चाहना अनुसार आर्थिक स्किमहरु ल्याएको छ। लकडाउन खुलेपछि दुई पाङ्ग्रे सवारी साधन खरिदमा ग्राहकको राम्रो प्रतिक्रिया आइरहेको भन्दै जगदम्बा मोटर्सले ग्राहककै आवश्यकता अनुसार स्किम ल्याएको जानकारी दिएको हो। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले लकडाउन खुलेपछि ग्राहकको प्रतिक्रिया राम्रो आइरहेको बताउँदै ग्राहकको आवश्यकता अनुसार नै आर्थिक स्किमहरु ल्याएको बताए। ‘अहिले ग्राहकको प्रतिक्रिया राम्रो आइरहेको छ।

अहिले दुई पाङ्ग्रे अपरिहार्य जस्तै भइसको छ’ उनले भने, ‘कस्टमरसँग अहिले पैसाको अभाव हुन सक्ने अनुमान गर्दै विभिन्न आर्थिक स्मिकहरु निकालेका छौं ।’ उनका अनुसार टिभीएस मोटरसाइकल खरिदमा ब्याज नलाग्ने, ९९ रुपैयाँ डाउनपेमेन्टको आधारमा खरिद गर्न सक्ने, पर्फेक्ट क्लाइन्टहरुको लागि डाउनपेमेन्ट विना नै पनि विक्री गर्ने स्किम कम्पनीले ल्याएको छ। ‘ लो इएमआईको पनि स्किम छ। ग्राहकको रोजाई अनुसार लो इएमआई, लो ब्याजदर, र लो डाउनपेमेन्टका सबैखाले फाइनाइन्स स्किमहरु हामीले चलाइराखेका छौं ’ अग्रवालले हाम्राकुरासँग भने।

पछिल्लो केही दिन र लकडाउन अघिका केही दिन तुलना गर्दा करिब २० प्रतिशतले कारोबार बढेको जस्तो देखिएको अग्रवालको भनाई थियो । कम्पनीले ग्राहकको सहजताका लागि भन्दै कोभिड स्किम अफर पनि ल्याएको जानकारी दिएको छ। कोभिड स्किम अन्तर्गत कम्पनीले स्कुटरमा १० हजार रुपैयाँ मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट गरेको अग्रवालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ