arrow

मनसरालाई बचाउन अभियान, को हुन् मनसरा, किन हुँदैछ पहल?

को को जुटेका छन् बचाउ अभियानमा?

logo
धिरज कुँवर,
प्रकाशित २०७७ साउन १२ सोमबार
save-manasara-campaign.jpg

अछाम। अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।

सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए । ढकारी गाउँपालिका ६ मोयकांडाकी १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । क्यान्सर पीडित मनसरा बुढा ढकारी ६ ढुङ्गाचाल्नामा रहेको अष्टसिद्धी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत छिन । 

बिगत एक वर्ष अघिदेखि बिरामी भएर अछामकै जिल्ला अस्पतालमा चेकजाँच हुँदै नेपालगन्जस्थित भेरी अस्पताल र भारतको लखनउमा गरिएको परिक्षणमा मनसरालाई क्यान्सर भएको पुष्टि भएको थियो। उनको सामान्य घरपरिवारले भारतमा उपचार गर्न नसक्ने भएपछि उनलाई सहयोगी मनहरुकै पहलमा चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ल्याइएको थियो । बिरामीको बुवा ११ बर्ष अघिनै बितिसकेकोले पनि उनको घरपरिवारलाई आर्थिक जुटाउन निकैनै समस्या भएपछि आफन्त देबेन्द्र बुढा र भुपेन्द्र बुढाले सामाजिक संजाल फेसबुक र छरछिमेकमा क्यान्सर पीडित मनसरा बुढा बचाउ अभियान संचालन गरि साथीहरूलाई सहयोगको अपिल गरेका थिए । 

यहि क्रममा मंगलसेन नगरपालिका ५का युवा रिदम बिसी र जगत ज्वैलेन्द्र र पार्बती बिष्टले अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५ रुपैयाँ र ढकारी गाउँपालिका वडा न.६ का युवा समाजसेवी एवम् मनसरा बुढा बचाउ अभियानका अभियन्ता भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाले देशबिदेश तथा स्थानीयस्तरबाट संकलन गरेको सहयोग रकम रु १ लाख ५ हजार ४३ रुपैयाँ गरि जम्मा रुपैयाँ १ लाख ७० हजार १ सय ७८ रुपैयाँ बिरामी मनसरा बुढा र उनको घरपरिवारलाई हस्तान्तरण गरिएको हो । 

आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अभियन्ता बुढाका अनुसार यसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको रकम रु २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको बताए । हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । पीडितका आफन्त समेेेत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताए । अहिलेसम्म मनसरा बुढाको उपचारका लागि विभिन्न देशबिदेशबाट अभियानलाई साथ दिनुहुने सहयोगि मनहरुलाई बुढाले धन्यवाद व्यक्त गरेका छन् । 

क्यान्सर पीडित मनसराको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उनले बताए । क्यान्सर पीडित मनसरा बुढासंग सिधै कुरा गर्न चाहनुहुन्छ भने बिरामीको मो न. ९८४३०३६००९ र अङ्कलको ९८४२६८००३९ अथवा देबेन्द्र बहादुर बुढाको सिटिजन्स बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने बुढाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ