arrow

४ दिनमा २४ सयले बढ्यो सुन

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
gold-jewellery.jpg

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा मंगलबार पनि अप्रत्याशितरूपमा बढेको छ । 

गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार रु दुई हजार ४०० ले वृद्धि भएको छ । मंगलबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

 मंगलबार एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ । 

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ