arrow

ताम्सु गाउँ पहिराको जोखिममा

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
pahiro-ghar.jpg

मार्तडी । जिल्लाको त्रिवेणी नगरापलिका–९ ताम्सु गाउँ नै पहिरोको उच्च जोखिमा परेको छ । 

लगातारको अविरल वर्षाका कारण मङ्गलबार बिहान गाउँ नजिकै रहेको भैँसी गोठको पछाडी पहिरो खसेपछि गाउँ जोखिममा परेको स्थानीयवासी प्रमिला थापाले बताइन् । 
    
गाउँ भन्दामाथि बनाइएका भैँसी गोठको पछाडीबाट मङ्गलबार बिहान आएको पहिरोले स्थानीयवासी मन्धिरे थापाको भैँसी गोठ बगाएर लगेको छ । सोही गाउँमा स्थानीय पाँच जनाको भैँसी गोठ पनि जोखिममा रहेको वडाध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । उनका अनुसार गाउँ नजिकै बनाइएका भैँसी गोठ बगाएको भए पनि अन्य कुनै मानवीय वा गाईभैँसीमा क्षति भएको छैन् । 

भैँसी गोठबाट आएको पहिराले सिङ्गो ताम्सु गाउँ नै  बगाउन सक्ने विष्टको भनाइ छ । गाउँमाथि भैँसी गोठ भएकाले सोही क्षेत्रबाट पहिरो आएर गोठ बगाएपछि ५० परिवारको बस्ती नै विस्थापित हुने भएको स्थानीयवासी दिबहादुर थापाले बताए । 

यस्तै सोही नगरपालिका–९ को पैमामा पनि घरहरु जोखिममा रहेका छन् । घर अगाडि र पछाडीबाट भत्किन थालेपछि पैमा गाउँमा पनि पहिरोको जोखिम बढेको वडाध्यक्ष विष्टले राससलाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ