arrow

धनुषाका २० परिवारलाई बाख्रा वितरण

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
bakhra.JPG

निरंजन कुमार साह, धनुषा । धनुषाको मुख्यापट्टी मुसरनिया गाउँपालिकाको वडा नम्वर २ मुख्यापट्टीमा अति विपन्न परिवारलाई आयआर्जनकालागि मंगलबार बाख्रा वितरण गरिएको छ ।

पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोर व्यवस्थापनकालागि १० हजारका दरले प्रत्येक परिवारलाई उपलब्ध गराईएको छ।

 प्रदेश नम्बर दुईका भूमी व्यवस्था कृषि तथा सहकार मन्त्री शैलेन्द्र प्रसाद साहले त्यहाँका विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै सही सदुपयोग गरेर लाभ लिन आग्रह गरे ।

प्रदेश २ को समृद्धीको मूल आधार कृषि नै भएकोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै मन्त्री साहले भने ‘कृषिलाई आधुनिकीकरण गर्दै सिंचाई, बीऊबिजन तथा मलखादका साथै बजारीकरणसम्मको व्यवस्थापन गर्न हामी अगाडि बढेका छौं ।’ मन्त्री साहले निर्वाहमुखी खेतीलाई निरुत्साहित गर्दै व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न मन्त्रालयले कृषक लक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए।
 
 शुभम कृषक समूहको समन्वयमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य राम आशिष यादव, पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख इन्रदेव साह ,जनता समाजवादी पार्टीका नेता शेषनरायण यादव लगायतले आफ्नो धारणा राखे।

कार्यक्रमको अध्यक्षता शुभम कृषक समूहका अध्यक्ष किशुन यादवले गरेका थिए। बाख्रा वितरण कार्यक्रममा लक्ष्मिनिया गाउपालिका का अध्यक्ष विन्देश्वर यादव , जनता समाजवादी पार्टी नेपाल धनुषा अध्यक्ष पशुपति यादव ,संचिव घन्श्याम यादव लगायत का व्यक्तिहरु उपस्थित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ