arrow

सुशान्तको आत्महत्याबारे उनका बाबुको नयाँ खुलासा 

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
sushant-singh-rajpoot.jpg

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले दिनानुदिन नयाँ बहस र मोड जन्माइदिएको छ । बलिउडमा ‘नेपोटिज्म’ ले जन्म लिएको आरोप लागिरहँदा सुशान्तको आत्महत्याले मंगलबार थप नयाँ मोड लिएको छ ।

सुशान्तले २०२० को १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्महत्या गरेका थिए । 

 सुशान्तका बुबा केके सिंहले पटनामा एफआईआर दर्ता गराएका छन् । दैनिक भास्करका अनुसार उक्त एफआईआर रिया चक्रवर्ती, उनकी आमा, बुबा, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । 

सुशान्तका बाबुले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन् । उनले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी समस्या नभएको र रियाको सम्पर्कमा आएपछि अचानक के भयो भनेर प्रश्न सोधेका छन् । 

उनले डाक्टरमाथि पनि शंका गरेका छन् । डाक्टर पनि रियाको षड्यन्त्रमा समावेश भएको हुन सक्ने आरोप लगाएका छन् । यससम्बन्धी अनुसन्धान हुनुपर्नेमा सिंहले माग राखेका छन् ।

एफआईआर दर्ता गर्ने क्रममा सुशान्तका बुबाले सात वटा आरोप लगाएका छन् –
१, रियालाई भेटेपछि सुशान्तलाई के भयो, लिमागी समस्या किन आयो जाँच होस् ।

२, सुशान्तको मानसिक उपचार चलिरहेको भए परिवारसंग कुनै लिखित वा मौखिक अनुमति किन लिइएन रु  यसको अनुसन्धान गरियोस् ।

३, रियाले भनेपछि जुन डाक्टरले सुशान्तको उपचार गरे रियाको सबै षड्यन्त्रमा समावेश भएको आशंका भएकाले के–के उपचार गरे, के औषधि दिए अनुसन्धान होस् । 

४,  रियालाई छोराको स्थिति नाजुक भएको जानकारी भएपछि उपचार राम्रो तरिकाले उपचार नगर्नु वा उनको उपचारको सबै कागजपत्र आफूसंग लैजानु र सुशान्तलाई नाजुक स्थितिमा छोडेर गएकाले नै आत्महत्या गरेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । 

५, सुशान्त फिल्मलाइन छोडेर केरलमा अर्गानिक खेती गर्न चाहन्थे । तर सुशान्त उनका साथी महेशसंग जान खोज्दा रियाले विरोध गरेकी थिइन् । कहीं नजान चेतावनी दिएकी थिइन् । मिडियामा मेडिकल रिपोर्ट दिने भनेर धम्कीसमेत दिएकी थिइन् । उनी पूरै पागल भएको समेत बताएकी थिइन् । सुशान्तको घरमा बसिरहेकी रिया ल्यापटप, पैसा, गहना, क्रेडिट कार्ड, उपचारका कागजपत्र, पिन नम्बर, पासवर्ड, सबैकुरा लिएर गएकी थिइन् । यसको अनुसन्धान गरियोस् ।

६, अभिनयमा प्रशंसा कमाइरहेका सुशान्तले रिया उनको जीवनमा आएपछि फिल्म पाउन कम हुनुको कारण अनुसन्धान गरियोस् । 

र, ७, मेरो छोराको एक बैंक स्टेटमेन्टबाट थाहा हुन्छ कि उनको बैंक खातामा १७ करोड भारु थियो । पछिल्लो १ वर्षमा १५ करोड निकालियो । जुन स्थानमा ती पैसा पठाइएको छ, त्यसमा मेरो छोराको कुनै लेनदेन छैन । मेरो छोराको सबै खातामाथि अनुसन्धान होस् । यी बैंक खाता र क्रेडिट कार्डमार्फत् रियाले आफ्ना परिवार र सहयोगीसँग मिलेर धोकापूर्ण तरिकाले निकालेकी छिन्, त्यसको अनुसन्धान होस् ।

यी सात आरोपछि घटनाले नयाँ मोड लिएको छ । जबकि रिया सुशान्तका तीन कम्पनीमध्ये दुई वटामा निर्देशक थिइन् । रिया चक्रवर्तीसंग पनि पुलिसले सोधपुछ त गरेको छ । सुशान्तका बुबाले लगाएका यी आरोपपछि थप सोधपुछ हुने नै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ