arrow

आज दुई पटक लाभबेला, यस्तो छ समग्रमा दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ साउन १४ बुधबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ श्रावण १४ गते बुधबार, इस्वीसंवत जुलाई २९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज श्रावणशुक्लपक्षको दशमी तिथि रहनेछ । आज विशाखा नक्षत्र, विष्कुम्भादि योगमा शुभ, करणमा तैतिल, आनन्दादि योगमा धाता रहनेछ । 
सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । 

आज दिनमान ३३ घटि ३७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २६ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५३ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ, मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम शुरुआत गर्नु पूर्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

वृषः स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथी भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायीहरु बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ, आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

मिथुनः समय राम्रो रहनेछ । रोकिएका ब्यवसायिक कारोबारमा सुधार आउनेछ,प्रेम सम्बन्ध  अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पूर्व ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ ।

कर्कटः स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

सिंहः समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ,हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६, शुभ रंग सप्तरंगी  हो भने, कुनै काम सुरुआत गर्नु पूर्व कुलादेवताको  स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ ।

कन्याः समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ, खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनु होला,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे र यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

तुलाः समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ, आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अगाडि बढे सफलता मिल्नेछ ।

वृश्चिकः समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनुः स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
 
मकरः स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।
 
कुम्भः समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीनः समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाब घट्दो क्रममा रहनेछ,अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ,आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय  नमः योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ ।

साइतः आज वृश्चिक राशिमा चन्द्रमा छन् त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार हो, उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः२६ बजेदेखि         ६ः५६ बजेसम्म        लाभ बेला
बिहान ६ः५६ बजेदेखि         ८ः२६ बजेसम्म        अमृत बेला
बिहान ८ः२६ बजेदेखि         ९ः५६ बजेसम्म        काल बेला
बिहान ९ः५६ बजेदेखि        ११ः२६ बजेसम्म        शुभ बेला
बिहान ११ः२६ बजेदेखि        १२ः५६ बजेसम्म        रोग बेला
मध्यान्ह १२ः५६ बजेदेखि      २ः२६ बजेसम्म        उद्धेग बेला
दिउँसो २ः२६ बजेदेखि        ३ः५६ बजेसम्म        चर बेला
दिउँसो ३ः५६ बजेदेखि        ५ः२६ बजेसम्म        लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ