arrow

नयाँ प्रहरी ऐनको आवश्यकता छ – महानिरीक्षक अर्याल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
955049809.jpeg
काठमाडौँ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी सङ्गठनलाई समयसापेक्षरुपमा परिभाषित गर्न नयाँनयाँ ऐन र नियमावलीको खाँचो औल्याएका छन् । दशौं महानगरीय प्रहरी दिवसको उपलक्ष्यमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कानुनद्वारा निर्दिष्ट उद्देश्य, दायित्व र कर्तव्य पुरा गर्न प्रहरी क्रियाशील रहेको बताए ।

महानिरीक्षक अर्यालले भने, “शान्तिसुरक्षाको आवश्यकतामा कुनै कुरासँग सम्झौता हुन सक्दैन, शान्तिसुरक्षाको अभावमा संविधानले प्रदत्त गरेको हक अधिकार हुनसक्ने भएकाले प्रहरीको भूमिका अझ बढ्दै जानेछ ।” 

गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखाका सह–सचिव लक्ष्मीप्रसाद ढकालले सहरलाई सुरक्षित र जनतालाई शान्ति सुरक्षामा आश्वस्त तुल्याउन प्रहरीले अरु चार कदम अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । 

उनले भने, “अप्ठेरो र सङ्कटमा परेका जनताले प्रहरी देखेपछि अब सुरक्षित भइयो, निर्धक्कसँग बसौं भन्न सक्ने वातावरण सङ्गठनले तयार गर्न सक्नुपर्छ ।”  महानगरीय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सीमित साधनस्रोत परिचालनबाट पनि नेपाल प्रहरीले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखेको धारणा व्यक्त गरे । 

नागरिक समाजका अगुवा मल्ल के सुन्दरले प्रहरीको कार्यक्षेत्र समाज भएकाले प्रहरीले समाजको भावनालाई बुझेर काम गर्न सकेको खण्डमा प्रहरीप्रति जनताको विश्वास झाँगिँदै जाने बताए ।

सो अवसरमा उपत्यकाको शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा कार्यालय मातहत रही उल्लेखनीय कार्य गर्ने प्रहरी नायब उपरीक्षकद्वय रेवत ढकाल, सुरेन्द्र मैनाली, प्रहरी निरीक्षक टीकाराम रेग्मी, हवल्दार धर्मराज खड्का र जवान कुमारबहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ