arrow

ओली दाहाल निकट सदस्य सचिव उपाध्यक्षले लिए शपथ

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
silwal2.jpg

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा नेकपा अध्यक्षद्वय निकट  सदस्य सचिव र उपाध्यक्षले शपथ लिएका छन् । उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवालले बुधबार शपथ लिएका हुन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई शपथ गराए । यही साउन १२ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइराला र सिलवाललाई नियुक्त गरेको थियो । सिलवाल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा खास मान्छे हुन् । 

सिलवाल दोस्रोपटक सदस्य सचिव पदमा नियुक्त भएका हुन् । नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् । उनी गत वर्ष असार २३ गते सदस्य सचिव पदमा पहिलोपटक नियुक्त भएका थिए । नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उन पदमुक्त भएका थिए । सिलवाल पदमुक्त भएको केही सातापछि पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त भए । 

 युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा सिफारिस भएका तीनै जना सत्तारुढ दल नेकपामा आवद्ध छन् । अञ्जु नेकपासंग आवद्ध भए पनि पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । त्यस्तै थापा नेकपाका केन्द्रीय सदस्य हुन् । सिलवाल र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । थापा भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन् ।  

कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकूद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले खेलकूदको माहोल बनाउने, खेलकूदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताए ।

त्यसैगरी कोइराला भने राखेपमा पहिलोपटक प्रवेश गरेका हुन् । उपाध्यक्ष कोइराला प्रचण्डका मान्छे हुन् ।  गत वर्ष मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा कोइरालाले प्रचारप्रसार विभागको संयोजकका रुपमा काम गरेका थिए । उपाध्यक्ष कोइरालाले विगत, वर्तमान र भविष्य फरक हुनुपर्छ भने मान्यताका साथ खेलकूद क्षेत्रको विकासमा अगाडि बढ्ने विचार व्यक्त गरे । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल चार वर्ष रहनेछ । 

यो पनि पढ्नुस् :

राखेप सदस्यसचिवमा नेकपाका तीन नेता–कार्यकर्ता सिफारिस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ