arrow

कोरोनाबिरुद्धको लडाइँमा इजरायलको सहयोग प्रदेश दुईलाई

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १५ बिहिबार
corona-pradesh2.jpg

धनुषा । इजरायली सरकारले कोभिड १९ बिरुद्धको लडाइँमा प्रदेश नम्बर दुई सरकारलाई स्वास्थ सुरक्षा समाग्रीहरु सहयोग गरेको छ । 

इजरायल सरकारवाट प्राप्त सरसमानहरु प्रदेश नम्बर दुईका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर प्रमोद यादवलाई हस्तान्तरण गरेका हुन् ।

इजरायली सरकारले नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश २ को समाजिक विकास मन्त्रालय मार्फत प्रदेश नम्बर दुई सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेका छन।

स्वास्थ्य सामग्रीहरुमा ४ सय थान पिपिई सेट, १ हजार थान के एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र ह्यान्ड सेनिटाइजर १ सय जाँर ५ लिटरवला हस्तान्तरण गरिएको हो।

सो अवसरमा मन्त्री साहसंग नेपाल स्थित इजरायली दुतावासका प्रतिनिधीले भिडियो कन्फरेन्समा कोभिड १९ र प्रदेश नम्बर दुई सरकारको रणनिति विषयमा छलफल समेत गरेका थिए । 

नेपाल स्थित इजरायली दुतावास, स्वास्थ्य निर्देशनालयका साथै स्वास्थ्यकार्यदलका संयोजक डाक्टर रामकेवल साह सहितका प्रतिनिधीहरुको उपस्थितीमा मन्त्री साहले आपूर्तिका प्रमुख डा. प्रमोद यादवलाई सो सरसमानहरु हस्तान्तरण गरेका छन् ।

इजरायली सरकारले भविष्यमा समेत कोभिड १९ को सामना गर्न प्रदेश २ सरकारसंग सहकार्य गर्न तयार रहेको नोटमा लेखेका हुन् । 

 सो अवसरमा उपस्थितहरुले इजरायल सरकारले कृषि क्षेत्रमा गरेको प्रगती र डिजास्टरको क्षेत्रमा गरेको प्रगतीको प्रशंसा गरेका थिए । मन्त्री साहले सहयोगका लागि इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ